निको नहुँदै छजना कोरोना संक्रमित डिस्चार्ज

निको नहुँदै छजना कोरोना संक्रमित डिस्चार्ज

 धनगढी : सेती प्रादेशिक अस्पतालबाट बावुछोरीसहित छजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बावुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो । 

चिकित्सकको आवश्यक निर्देशनसहित उनीहरुलाइ डिस्चार्ज गरिएको अधिकारी श्रेष्ठले बताए । सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भइरहेको छ । यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो ।

डिस्चार्ज भएका उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था भने कुनै पनि निकायले नगर्दा उनीहरु समस्यामा परेका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमित देखिएका छन् ।

कैलालीमा ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै अछाममा १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.