घरमै पुस्तक पाउँदा विद्यार्थी दङ्ग

घरमै पुस्तक पाउँदा विद्यार्थी दङ्ग

धनकुटा : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को त्रासको कारण देशभर चैत्र पहिलो ११ गतेदेखि गरिएको लकडाउन हालसम्म पनि कायम छ। हतारमा वार्षिक परीक्षा दिएका विद्यालय नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्दासमेत विद्यालय जान पाएका छैनन्। तत्कालै विद्यालय खुल्ने सम्भावना कम छ।

बालबालिकाको अधिकांश समय घरमै बितिरहेको छ। नयाँ शैक्षिक सुरु भए पनि विद्यालय बन्द छ। विद्यार्थीहरुमा पढ्ने चाहना भएपनि कतिपय ठाउँमा नयाँ पुस्तक पाउन नसकिरहेको अवस्थामा धनकुटाको महालक्ष्मी नगरपालिका-३ कार्यालयले विद्यालयसँगको समन्वयमा घरमै पुगेर विद्यार्थीलाई नयाँ कक्षाको किताब वितरण सुरु गरेको छ। विद्यार्थीहरुमा घरमै पढ्ने बानी हराउन थालेको भन्दै विद्यालय सञ्चालन नभए पनि घरमै बसेर पढ्ने बनीको विकास होस् भन्ने उद्देश्यले विद्यार्थीको घर–घरमै पुगेर पुस्तक वितरण गरिरहेको ३ नं. वडाका वडाध्यक्ष भरत थापाले बताए। ‘विद्याथीलाई घरमै पुस्तक’ अभियान सञ्चालन गरिएको उनको भनाई छ। घरमै किताव वितरण अभियान बिहीबार) देखि सुरु गरिएको हो। एक हप्ताभित्र वडाभित्रका सबै विद्यार्थीको घरमा वितरण सक्ने वडाको योजना छ। ३ नं. वडामा नविन शिक्षा सदन मावि, कैलाशेश्वरी प्रा.वि, जलकन्या प्रावि र युवा जनसहभागिता आधारभुत विद्यालय गरि चार वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा करिव ४ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्।

घरमै नयाँ कक्षाको किताव हातमा पाउँदा विद्यार्थी समेत खुशी भएको नविन शिक्षा सदन माविका प्रधानाध्यापक भीमबहादुर कार्कीले बताए। नयाँ कक्षाको किताव पाउँदा उनीहरुमा केही न केही नयाँ सिकाई हुन्छ भन्ने विश्वास रहेको उनको भनाई छ। सो अभियानमा वडाका जनप्रतिनिधि, सबै विद्यालयका शिक्षक,  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय गरिएको छ। टोलस्तरमा गठित टोलसुधार समितिले वडाको सो अभियानमा सहयोग गरेको छ। 

तत्काल विद्यालय खुले पनि अभिभावकहरुले कोरोना त्रासको कारण विद्यालयमा छोराछोरी पठाउने सम्भावना न्यून छ।  

त्यस्तै अभियान टोलीले विद्यार्थीलाई पुस्तक मात्रै होइन विद्यार्थी र अभिभावकलाई घर बस्दा पढ्ने सुझावसमेत दिने गरिएको प्रअ कार्कीले बताए। लामो समयको पठनपाठन अवरुद्धले विद्यार्थीमा पढ्ने बानी हराइसकेको शिक्षकहरुले चिन्ता व्यक्त गरे। उनले भने ‘घरैमा पुग्दा विद्यार्थीको पढाई प्रति शिक्षकहरु पनि चिन्तित अभिभावक समेत दंग देखिन्थे।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.