विपदको सारथी सहकारी

विपदको सारथी सहकारी

तानसेन : कोरोना संक्रमण रोक्न गरिएको लकडाउनसँगै पाल्पाका सहकारी संस्थाले जिल्लामा नौलो अभ्यास सुरु गरेका छन्। सहकारीले सुरु गरेको घरदैलो अभियानले उपभोक्ताको मन जितेको छ। जिल्लाका आधा दर्जन सहकारी संस्थाले लकडाउन लम्बिएसँगै चोक तथा गल्लीमा स्थानीय तरकारी तथा फलफूलहरू घरदैलोमा पुर्‍याउँदै आएका छन्।

साढे दुई महिनाभन्दा लामो लकडाउनमासमेत स्थानीय कृषकहरूको उत्पादन खेतबारीमा कुहिन नदिन जिल्लाका सहकारीहरूले उपभोक्ताको घरदैलो सेवा सुरु गरेका हुन्। लकडाउन सुरु भएपछि पाल्पाका विभिन्न पालिकाकाहरूले सहकारी संस्थामार्फत कृषक र उपभोक्ताबीच समन्वयको काम गर्दै आएका छन्। जिल्लाका सहकारी संस्थाहरूले अघिल्लो दिन नै तरकारी तथा फलफूल पठाउने स्थान र समयबारे उपभोक्तालाई सामाजिक सञ्जालमार्फत जानकारी दिने गरेका छन्।

सहकारीले सञ्चालन गरेको घरदैलो सेवा लकडाउनपछि पनि निरन्तरता दिन तानसेनका उपभोक्ता प्रेम बहादुर स्थानीय सरकारसँग अनुरोध गर्छन्। पाल्पामा पसल–पसलमा तरकारी किन्दा २५ रुपैयाँ पाऊभन्दा कुनै तरकारी सस्तो पाइँदैन। सहकारीले घरदैलोमै २५ रुपैयाँ किलो सिमी, २५ रुपैयाँ किलो भक्तपुरे काँक्रा, ३० रुपैयाँ किलो टमाटर, एक सय रुयैयाँ किलो हरियो खुर्सानी, २० रुपैयाँ किलो भान्टा, १२ रुपैयाँ किलो बन्दा, ४० रुपैयाँ किलो फूल काउलीलगायतका तरकारी बिक्री गर्दै आएका छन्।

‘गाउँ–गाउँबाट सस्तोमा दिनहु तरकारी आएको छ, रोजी–रोजी खान पाएका छांै’, तानसेनका उपभोक्ता शंकर भण्डारीले भने। लकडाउनको समयमा पनि आफ्नो उत्पादन विगतकै मूल्यमा बिक्री भएका तानसेन नगरपालिका वडा नम्बर ९ मदनपोखराका कृषक धुव्र भण्डारीले बताए। गाउँका प्रत्येक घरपरिवारमा उत्पादन भएको तरकारी सहकारीमार्फत बजारमा बिक्री गर्दै आएको उनले बताए।

पाल्पामा तानसेनको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी, माथागढीको माथागढी बहुृउद्देश्यीय सहकारी, रम्भाको रम्भादेवी साना किसाना कृषि सहकारी, रामपुर र बगनासकालीका कृषि सहकारी, रिव्दीकोटको मैनादी कृषि सहकारी संस्थाले घर–घरमा स्थानीय कृषकको तरकारी तथा फलफूल बिक्री गर्दै आएका छन्। यो अभियानमा प्रत्यक्ष रूपमा पालिकाहरूले ढुवानीको लागि सहयोग गर्दै आएका छन्।

सहकारीको घरदैलो अभियानाले लकडाउनमासमेत कृषकको उत्पादनले राम्रो बजार मूल्य पाएको छ भने उपभोक्ताले सस्तो दरका ताजा तरकारी तथा फलफूल पाएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका बजार संयोजक यमनाथ पौडेलले बताए। लकडाउन खुलेपछि सहकारीले घरदैलो अभियानलाई निरन्तरता दिने बजार उनको भनाइ छ। सदरमुकाम तानसेनमा मात्र होइन, ग्रामीण भेगसम्म सहकारी संस्थाले स्थानीय उत्पादन तरकारी र फलफूल लिएर पुग्दै आएका छन्।

घरदैलो अभियानलाई सहकारीमार्फत रम्भा गाउँपालिकाले निरन्तरता दिने अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। रिव्दीकोट गाउँपालिकाको मैनादी कृषि सहकारी संस्थाले गाउँका कृषकहरूसँग तरकारी खरिद गरी नजिकको बजारमा बिक्री गर्दै आएको छ। कृषकको उत्पादन बजारसम्म पु¥याउन रिव्दीकोट गाउँपालिकाले बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको अध्यक्ष नारायणबहादुर जिसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.