लागुऔषधसहित तीनजना पक्राउ
धनगढी : सशस्त्र प्रहरीले लागुऔषधसहित तीजना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१० जुगेडा सुडाघाटमा ११ केलो ७ सय ग्राम चरेससहित ३ जना पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल अस्थायी चेकपोष्ट जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ओलीको नेतृत्वमा खटिएको टोलिले पक्राउ गरेको हो
सुपप्रप ०१-००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई वडा नम्बर १० को जुगेडा सुडाघाटबाट ब्राउन सुगरसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।