कोरोना जितेर घर फर्किए कपिलवस्तुका दुई पत्रकार
कपिलवस्तु : कोरोना संक्रमण जितेर आइतबार तौलिहवामा दुई पत्रकार घर फर्किएका छन् । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य वसन्त वन्जाडे र बुद्ध आवाज टेलिभिजनका पत्रकार योगेश पाठक ३ हप्ता आइसोलेसनको बसाई पछि घर फर्केका हुन् । उनीहरुको शनिबार स्वाब परीक्षण रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सतर्कता र सावधानी जीवनशैली अपनाए कोरोनालाई सजिलै जित्न सकिने पत्रकार बसन्त बन्जाडेले बताए । पत्रकारद्वयलाई कोरोना संक्रमण भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकामा आइसोलेसन वार्ड नभएका कारण सदरमुकाम तौलिहवास्थित मधेश मानव अधिकार गृहको भवनमा राखिएको थियो ।
जिल्लाका अन्य दुई पत्रकार भने स्वाबको नेगेटिभ रिपोर्टको प्रतीक्षामा छन् । जिल्लामा आइतबार मात्रै थप २४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । नयाँ पुष्टि भएको संख्यासंगै कपिलवस्तुमा संक्रमितको संख्या ५ सय ४७ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस !