एउट बस चढेका ३१ जनामा संक्रमण

एउट बस चढेका ३१ जनामा संक्रमण

सन्धिखर्क : भारतबाट एउटै बसमा आएका ३८ मध्ये ३१ जनामा कोरोना संक्रमण देखिएको छ। जेठ १० गते बसमै ज्यान गुमाएका युवकसँगै आएकामध्ये ३१ जनामा संक्रमण पुष्टि भएको हो।

३४ वर्षीय कृष्णबहादुर गैरेको भारतको लखनउमा मृत्यु भएको थियो। उनीहरुले भारतदेखि अर्घाखाँचीसम्म करिब २० घण्टा एउटै बसमा यात्रा गरेका थिए। संक्रमितमध्ये २ महिला र २९ जना पुरुष छन्। एक जना बाहेका अरु सबै भारतबाट फर्किएका हुन्। गैरेको मृत्युपछि सम्पर्कमा आएका सन्धिखर्क नगरपालिका उपप्रमुखलाईसमेत कोरोना देखिएको छ। भारतबाट आएर क्वारेनटाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।

मृत्तक गैरेको सम्पर्कमा आएका र उनीहरुसँगै आएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको थियो। यससँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार पुष्टी भएका ३१ संक्रमित मध्ये २९ जना सन्धिखर्क नगरपालिकाका, एक जना शितगंगा नगरपालिकाका र एक जना पाणिनि गाउँपालिकाका छन्।

सन्धिखर्क १ का १ जना, सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना रहेका छन्। सन्धिखर्क ६ का भृकुटी आधारभूत विद्यालय र विद्या विनय आधारभुत विद्यालय, वडा नं ७को चन्द्र प्रभा मावि र आदर्श माविको क्वारेन्टाइनमा बसेका थिए। त्यसैगरी पाणिनि गाउँपालिका ७ को शिव मदन माविको क्वारेन्टाइनमा एक जना र शितगंगा नगरपालिका १० का अर्का एक जना स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए।

उपप्रमुखलाई पनि संक्रमण
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकलाई पनि संक्रमण पुष्टि भएको छ। भैरहवामा गरिएको परीक्षणमा विकमा कोरोना संक्रमण पुष्टी भएको जनस्वास्थ्य निरीक्षक पौडेलले जानकारी दिए। संक्रमण भएको खबर पछि विकलाई फोन गरेर सोध्दा रिपोर्ट पोजेटिभ आएको बताए।

उनले भने, ‘म भारतवाट आएकाहरुको सहयोग र क्ववारेन्टाइन व्यवस्थापनमा दिनरात लागे आज कोरोना पुष्टि भएको खवर, आयो यो सामान्य रुघाखोकी हो। म यसबाट अतालिएको छैन।’ आफू अब होम क्वारेन्टाइमा बस्ने र आवश्यक कार्य फोन सम्पर्कबाट गर्ने विकले बताए। उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिवसमेत हुन्। भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ। अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाईएकामा उनको रिपोर्ट भने नेगेटिभ आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.