प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला

प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला

जनकपुरधाम : धनुषामा एक युवक प्रहरी हिरासतभित्रै शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेका छन्। धनुषाको सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

इलाका प्रहरी कार्यालय सबैला धनुषाको हिरासतमा रहेका मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि स्थानीयले छानबिनको माग गर्दै प्रहरीको गाडीमा तोडफोड गरेका छन्। 

घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गर्ने क्रममा इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड भएको हो। स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन गएको इलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी भ्यानमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गर्दा प्रहरीको भ्यानमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

भीड नियन्त्रणका लागि प्रहरीले केही राउण्ड आश्रुग्याससमेत प्रहार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। प्रहरी हिरासतमा मृत्यु भएका युवकको रहस्यमय मृत्यु भएकोले घटना छानबिन गर्न स्थानीय माग गरेका छन्। मृत भेटिएका मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.