सुदूरपश्चिममा कोरोनासँगै कालाजार, डेंगु र औलोको जोखिम बढ्यो

सुदूरपश्चिममा कोरोनासँगै कालाजार, डेंगु र औलोको जोखिम बढ्यो

धनगढी : मुलुक कोरोना भाइरस जोखिम नियन्त्रण र व्यवस्थापन गर्न लागिपरेको समयमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणसँगै लामखुट्टेको टोकाइबाट लाग्ने रोगको जोखिम पनि बढ्दै गएको छ ।  गर्मी सुरु भएसँगै लामखुट्टे देखा पर्न थालेका छन् । गर्मीसँगै सक्रिय रहेको वर्षातका कारण लामखुट्टे तथा अन्य किराबाट विभिन्न रोगहरू देखा पर्न थाल्ने गर्दछन् ।

औलो, कालाजार, झाडा पखाला, डेगीलगायत रोगहरूको जोखिम रहने गर्छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा फागनुदेखि नै कालाजार, डेगु र औलो रोगका संक्रमित फेला पर्ने गरेको यसअअघिको तथ्यांकले देखाएको छ ।

निर्देशनालयका अनुसार यस वर्ष पुसयता प्रदेशमा कडा खालको औंलो संक्रमित ३ जना र सामान्य खालको १७ जना फेला परेको छ  । यस्तै, प्रदेशमा कालाजारका बिरामी गएको पुसमा १८ जनामा फेला परेको जनाइएको छ । डेगुका १३ जना बिरामीहरु फेला परेको निर्देशनालय दिएको तथ्यांकमा उल्लेख छ । बढ्दो जलवायु परिवर्तन, वर्षाको समय, शहरीकरण, औद्योगिकीकरण आदिका कारणले इडिस लामखुट्टे एवम् डेंगु ज्वरोको जोखिम बढ्दै गएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

'गर्मीयाम सुरु भएदेखि तराईका जिल्लामा औलो, डेगु रोगको जोखिममा पर्छन्,' उनले भने, 'यस वर्ष कोरोना महामारीले गर्दा कुनै अभियान पनि सञ्चालन गर्न नपाउँदा संक्रमणको जोखिम बढेको छ ।'

स्वास्थ्य निर्देशनालय डोटीले अहिले क्वारेन्टाइनमा आरडीटीसँगै औंलो परीक्षण गर्ने काम मात्र अघि बढाउन मातहातका निकायमा निर्देशन दिएको जनाएको छ । स्थानीय तहले भने लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि कार्यक्रम अघि नबढाएको जनाइएको छन् ।

लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगु, औंलो, कालाजार रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मी बताउँछन । विगतमा गर्मी सुरु भएसँगै स्थानीय तह र स्वास्थ्य कार्यालयले लामखुट्टेका फुल, लार्भा, प्युपा र वयष्कलाई खोजीखोजी नष्ट गर्ने अभियान संचालन गर्थे तर, अहिले सबै कोरोनाको जोखिम नियन्त्रणमै छन् ।

लामखुट्टेबाट सर्ने रोगबाट जोगिन निवास वरीपरी समय-समयमा-हप्तामा एक पटक) निरीक्षण गरी पानी भरिएका खाल्टामा माटोले पुर्ने वा मट्टितेल, डिजेल, पेट्रोल, मोबिल हालिदिनेमा कम गर्न सकिन्ने स्वास्थ्यकर्मीको सल्लाह छ ।

घर वरपर फुटेका सीसा, बोतल, खुला फालिएका टायर, ट्युव, गमला तुरुन्त हटाउने, कुलर, पानी भरिएका खुला टंकी, बाल्टीलाई छोपेर राख्ने, पाँच दिनभन्दा बढी एउटै भाँडोमा पानी नराख्ने, घरबाट निस्कँदा पूरा शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टेको टोकाईबाट बँनमल्हम (रिप्लेण्ट) लगाउने, दिउँसो वा राती सुत्दा झुलभित्र सुत्ने, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली लगाउनु लामखुट्टेबाट बच्ने उत्तम रहने स्वास्थ्यकर्मीको सल्लाह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.