अमेरिकामा रोकिएका नेपाली ल्याइने

अमेरिकामा रोकिएका नेपाली ल्याइने

अमेरिका : नेपाल सरकारले कोरोना भाइरसका कारण महिनौंदेखि अमेरिका रोकिएका आफ्ना नागरिक फिर्ता लैजाने भएको छ ।नेपाल सरकारले यही जुन महिनामा दुई पटक गरी आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरेको छ । 

सरकारको प्रस्तावित मितिअनुसार यही जुन महिनाको १७ तारिख र २५ तारिखका दिन अमेरिकाबाट नेपालका लागि उडान हुनेछ । प्राप्त जानकारी अनुसार १७ तारिखका दिन वगिदेशी विमान कम्पनीले उडान भर्नेछ भने २५ तारिख नेपाल एयरलाइन्सले अमेरिकाबाट नेपालका लागि उड्नेछ । 

दुवै उडानका लागि रकम भने तोकिएको छैन् । यसरी बिमान चड्ने व्यक्तिको कोरोना परीक्षण भने अनिवार्य गरिएको हुनुपर्नेछ । र्‍यापिड टेस्ट या पीसीआर टेस्ट गरिएको हुनुपर्ने प्रावधान राखिएको छ । 

राजदूतावासले कोरोना परीक्षणका लागि तयारी गरिरहेको जनाइएको छ । साथै दूतावासले नेपाली नागरिकलाई सम्पर्कमा रहिरहन भनेको छ । कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकले महिनौंदेखि सरकार तथा सम्बन्धीत निकायसँग हारगुहार गरिरहेका थिए । 

सरकार आफैले मिति तोक्दा हामी निकै खुसी भएका छौं, अमेरिकामा रहेका नेपाली नागरिक शान्ताराज बतासले भने, 'कतिवस्नुपर्ने हो भन्ने अन्यौल थियो, अब केही राहत महशुस भएको छ । यसरी अमेरिकामा थुनिएका नेपाली नागरिकले भिषालगायतका थुप्रै समस्या थपिँदै गएको गुनासो गर्दै आएका थिए।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.