सुदूरपश्‍चिममा ४ दिनको शिशुसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्‍चिममा ४ दिनको शिशुसहित थप २७ जनामा कोरोना  संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ ।

अस्पतालका अनुसार बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो । बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ । बाजुराकै अर्को स्थानीय तह त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पातलका अनुसार बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचिर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । सुदूरपश्चिममा बिहीबार थपिएका सहित १ सय ९१ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ ।संक्रमण पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.