सशस्त्रमाथि भारतीयबाट आक्रमण : सीमामा गोली चल्‍यो, पाँच घाइते

सशस्त्रमाथि भारतीयबाट आक्रमण : सीमामा गोली चल्‍यो, पाँच घाइते

मलंगवा : सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुरस्थित नेपाल भारत सीमामा भारतीय नागरिकहरु जवरजस्ती नेपाल छिर्न खोजेपछि तनाव उत्पन्न भएको छ। नेपाल प्रवेश गर्न नदिएपछि भारतीय नागरिकहरुले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्नुको साथै हतियारसमेत खोसेका थिए।

करिब दशगजा भन्दा सय मिटरभित्र आएपछि उनीहरुलाई प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरु हातपात गर्नुको साथै प्रहरी बस्न बनाइएको टेन्टलाई समेत तोडफोड गरेका छन्। प्रहरीमाथि आक्रमण गर्न र हतियार खोसेपछि प्रहरीले भिडलाई तितरबितर गर्नका लागि १० राउण्ड हवाई फायर गरेको थियो। हवाई फायरले भिड नियन्त्रण हुन नसकेपछि ५ राउण्ड गोलीसमेत चलाएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिएका छन्। हतियार खोस्ने एकजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। हतियार लिएर भाग्दै गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए। ‘भारतीय नागरिकको आक्रमणमा परेर एक जना जवान समेत घाइते भएका छन्' श्रेष्ठले भने, ‘उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।'

अहिले सीमा क्षेत्रमा दुबै तर्फबाट व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘नेपालमा जवरजस्ती छिर्न पाउनुपर्छ भन्दै उनीहरु सुरक्षाकर्मीसँग विवाद गरेका थिए’, श्रेष्ठले भने, ‘नेपाल छिर्न नदिएपछि उनीहरु हातपात गर्नेदेखि लिएर हतियार खोसेका थिए।’ एक जना सुरक्षाकर्मीको पोशाक पनि च्यातेका थिए। 

प्रहरीको गोली लागेर ५ जना भारतीय नागरिक घाइते भएको बुझिएको छ। घाइतेहरुलाई भारतीयहरु बोकेर भागेकाले के कतिजना घाईते भएको यकिन हुन सकेको छैन्।

केही दिनअघि पनि विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा खटिएको सशस्त्र प्रहरीमाथि भारतीय नागरिकहरुको समूहले आक्रमण प्रयास गरेको थियो। त्यस्तै ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवनगर नाकामा पनि तस्करहरुले सशस्त्रले ड्युटी गर्नका लागि बनाएको झुपडीसमेत जलाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.