ट्वीटरले हटाइदियो झण्डै १० लाख चीन समर्थित ट्वीटर एकाउण्ट

ट्वीटरले हटाइदियो झण्डै १० लाख चीन समर्थित ट्वीटर एकाउण्ट

बेइजिङ : चीन समर्थित सन्देशलाई फैलाउने उद्देश्यका साथ सञ्चालित भन्दै ट्वीटरले ९ लाख ७० हजार ट्वीटर एकाउन्ट हटाएको छ ।

ती एकाउन्टहरु एक मिसन मार्फत सञ्चालन भएको ट्वीटरको बुझाइ छ । तीमध्ये कोरोना भाइरसको महामारीबारे पनि केही पोस्ट थिए । यसवाहेक रुस आधारित गलत प्रचारवाजी गर्ने एकाउन्ट पनि ठूलो संख्यामा हटाएको जनाएको छ । यस्ता एकाउन्ट एक हजार भन्दा धेरै रहेको बताइन्छ ।

यसअघि ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटलाई झुटो दावी भन्दै लुकाइदिएको थियो । साथै उक्त ट्वीटलाई फ्याक्ट चेकका लागि सिफारिस गरेपछि ट्रम्प ट्वीटरमाथि आक्रोशित बनेका थिए ।

पछिल्लो समय ट्वीटरले प्रसिद्ध व्यक्तित्वहरुका ट्वीटमाथि पनि निगरानी बढाएको छ । साथै झुटो दावी, हिंसा भड्काउने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका ट्वीटर एकाउन्टलाई ट्वीटरले ब्लक गरिदिने वा जवाफदेही बनाउने गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.