क्वारेन्टाइनमा बसेका युवाको मृत्यु
दाङ : क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका-६ भुटनेटा क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकको मृत्यु भएको हो। प्युठानको माण्डवी गाउँपालिका-४ आपचौर निवासी ती युवा जेठ ११ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए।
मृत्यु भएका व्यक्तिको पिसिआर जाँच रिपोर्ट अझै आएको छैन्। जेठ २१ गते स्वाब संकलन गरेर परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। तर अझै रिपोर्ट नआएको गाउँपालिकाले जनाएको छ।
क्वारेन्टाइनमा बसेका युवालाई वान्ता हुने र स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार बिहान उपचारको लागि अस्पताल लगिएको थियो। तर जिल्लास्थित कुनै पनि अस्पतालले गम्भीर बिरामीलाई भर्ना नलिने बताएपछि उपचार गराउन बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !