न्याय खोज्दै प्रदर्शन

न्याय खोज्दै प्रदर्शन

जनकपुरधाम : सवारी दुर्घटनाका प्रतिवादीको प्रहरी हिरासतमा मृत्युपछि परिवार तथा गाउँलेले हत्याको न्यायिक छानबिनको माग गर्दै जनकपुरमा प्रदर्शन गरेका छन्। धनुषाको सबैला नगरपालिका-१२ घर भएका २४ वर्षीय शम्भु सदा मुसहरको मंगलबार मध्यरातमा झुण्डिएर मृत भेटिएपछि परिवारजन तथा गाउँलेले हत्या भएको आरोप लगाउँदै न्यायिक छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएपछि जनकपुरमा तनाव उत्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको सदालाई प्रहरीले हत्या गरी आत्महत्या देखाउन खोजेको आरोपसहित उनीहरुले जनकपुर जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्दा प्रहरीसँग तनावग्रस्त बनेको थियो। बिना रोहबार शव मुचुल्का उठाई मृतकका आमा शिपाली सदालाई तिम्रो छोरो झुण्डिएर आत्महत्या गरेको र जबरजस्ती कागजमा सही छाप लगाउन लगाएको आरोपसहित उनीहरुले प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रहरी कार्यालय घेराउ गर्न खोज्दा तनाव भएको थियो।

प्रहरीले शम्भु सदा मुसहरले आत्महत्या गरेको दाबी गरे पनि पारिवारका सदस्य र स्थानीयले यो कुरा मान्न तयार छैनन्। मृतकका आमा शिपाली देवी सदाले छोराको आत्महत्या नभई, हत्या भएकोले घटनाको छानविन माग गर्दै आएकी छिन्। धनुषाको सबैलासहित अन्य स्थानहरुबाट ट्रयाक्टर तथा मोटरसाइकलमा सवार भई आएका सयौं मानिसहरुले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्न खोज्दा प्रहरीसँग केहीबेर तनाव भएको थियो। उनीहरुले ईलाका प्रहरी कार्यालय सबैलाबिरुद्ध किटानी जाहेरी दर्ता गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका थिए। सोही क्रममा केही बेर तनावसमेत उत्पन्न भएको थियो। 

'प्रहरी हिरासतको शौचालयमा, सर्ट, भेष्टले घाँटीमा बाँधेर, मुखमा कपडा ठुसेर आत्महत्या गर्नु एउटा देखाउने कथा जस्तै भयो, मुसहर अधिकारकर्मी पच्चु माझीले भने, ‘शवको बिना रोहबर शवको मुचुल्का उठाउनु, सर्ट र भेष्टमा झुण्डिनु, मुखमा कपडा कोचिनु जस्ता दृश्यले घटना शंकास्पद देखिन्छ। त्यसैले हामीले न्यायिक छानविनको माग गरेका हौं। शम्भुलाई प्रहरीकै संलग्नतामा मारेर आत्महत्याको नाटक रचेकोले पीडितलाई न्याय र पिडकलाई कारवाहीका लागि माग गरिरहेका छौं।’

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले मृतक शम्भु सदाको २४ घण्टे प्रहरीको निगरानीमा हत्या वा आत्महत्या के भएको हो? त्यसको निष्पक्ष छानविन हुनुपर्छ। उनले भने, ‘प्रहरीको निगरानीमा रहेको व्यक्ति एउटा सर्टको सहारामा त्यो पनि शौचालयमा झुण्डिनु रहस्यमय छ। छानबिन होस् घटनालाई सामान्य रुपमा नलिइयोस्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.