संविधान संशोधन विधेयक : दफावार छलफलदेखि पारितसम्मका १३ समाचार
काठमाडौं : शनिवार नेपालको संविधान (दोस्रो संविधान) २०७७ विधेयक संघीय संसदको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको छ। निशान छापभित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट सर्वसम्मतपारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्। संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलदेखि पारितसम्म हामीले समाचार प्रकाशित गरेका छौं।
नेपालको संविधान दोस्रो संशोधन विधेयकको पक्षमा २५८ मत परेको छ। यो प्रतिनिधिसभाको कुल संख्या २७५ को दुई तिहाइभन्दा बढी मत हो। संविधान संशोधनको विपक्षमा शून्य मत परेको छ। राष्ट्रियता अखण्डताका पक्षमा सिंगो संसदले अभूतपूर्वक एकता प्रदर्शन गर्दै उपस्थित सबै दुई सय ५८ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन्।
शनिबार प्रतिनिधिसभा बैठकमा भएको छलफलदेखि मतदान हुँदै पारित हुँदासम्म अन्नपूर्ण पोस्ट डटकम अनलाइनले १३ वटा समाचार प्रकाशित गरेको छ।