धादिङमा क्वारेन्टाइनबाट घर फर्किएका २३ जनामा कोरोना संक्रमण

धादिङमा क्वारेन्टाइनबाट घर फर्किएका २३ जनामा कोरोना संक्रमण

धादिङ : शनिबार नीलकण्ठ नगरपालिकाका २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी आयो । सुरुमा क्वारेन्टाइनमा बसेकालाई संक्रमण देखिएको भनिए पनि शनिबार संक्रमण पुष्टि भएका २३ जना नै १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका व्यक्ति रहेको पत्ता लागेको छ ।

शनिबार नीलकण्ठ नगरपालिकाको वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ९ जना र वडा नं १४ का ७ जनामा कोरोनाको पुष्टि भएको थियो । उनीहरु सबै भारतबाट आएका नागरिक हुन् । भारतबाट फर्किएका सबैको पिसिआर गराउन नसकेपछि सबैलाई आरडीटी गराउँदै नेगेटिभ आएकालाई घर पठाइएको थियो । 

नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘हामीले सबैको पिसिआर गराउन माग गर्‍यौँ, पिसिआर त परको कुरा आरडीटी किट पनि प्रदेश सरकारबाट समयमै आएन, १५ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेकाले असन्तुष्टि जनाउन थालेपछि नगरपालिका आफैँले आरडीटी किट खरिद गरेर जाँच गरी नेगेटिभ आएकालाई घर पठाइएको थियो ।’ अहिले आरडिटीमा नेगेटिभ देखिएर घर गएका नागरिकमा पिसिआर गर्दा कोरोनाको सक्रमण पुष्टि भएको रिजालले बताए ।

शनिबार संक्रमण देखिएका मध्ये अधिकांश गत जेठ २२ गते आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर गएका थिए । जेठ २६ गते नीलकण्ठ माविको क्वारेन्टाइनमा रहेका १६ जनालाई कोराना देखिएपछि उनीहरुसँगै एउटै क्वारेन्टाइनमा रहेकाको पनि पिसिआर परीक्षण गर्दा घर फर्किएकामा पनि संक्रमण देखिएको हो ।

आरडीटी नेगेटिभ आएर घर फर्किएकामा पछि परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएपछि संक्रमितहरुको गाउँमा त्रास फैलिएको छ । संक्रमति भेटिएको नीलकण्ठ नगरपालिका वडा नं ७ तारुखर्कका एक स्थानीयले भने, ‘हामीले भारतबाट आउने सबैको पिसिआर गरेर मात्रै घर पठाउन भनेर बारम्बार भन्यौँ, कुनै पनि निकायले सुनेन, अब घर फर्किएकामा पनि संक्रमण देखिएपछि गाउँमा पनि संक्रमण फैलिएको हुन सक्ने देखियो ।’

भारतमा अलपत्र परेकालाई घर ल्याउन प्रदेश सांसद डाक्टर रामकुमार अधिकारी र नीलकण्ठ नगरपालिका बीच हानथाप नै भएको थियो । नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना र प्रदेश सांसद रामकुमार अधिकारीका कार्यकर्ता हाम्रो नेताले उद्धार गरेको भनेर खुबै प्रचारमा उत्रिएका थिए । तर  क्वारेन्टाइनमा बसेकाको सत प्रतिशत पिसिआर गराउनको लागि न त प्रदेश सांसद अधिकारीले कुनै दवाव सिर्जना गर्न सके, न त नगरपालिकाले नै पहल गर्न सक्यो । जस्को असर अब समुदायमा पनि कोरोना फैलने हो कि भन्ने त्रास बढेको छ ।
 
क्वारेन्टाइनबाट घर फर्किएकामा संक्रमण देखिएपछिको अवस्था ब्यवस्थापन गर्नको लागि संकट ब्यवस्था केन्द्रको बैठक केही बेरमा बस्ने तयारी भएको छ । संकट ब्यवस्थापन केन्द्रलेले संक्रमित भेटिएको गाउँ सिल गर्ने केन्द्रका एक सदस्यले बताए । शनिबार थप २३ जनामा कोरोनाको संक्रमण देखिएपछि धादिङमा संक्रमित हुनेको सङ्ख्या ८२ पुगेको छ । धादिङको स्थानीय तहमध्ये सबैभन्दा धेरै निलकण्ठ नगरपालिकामा ४१ जनामा कोरोना पुष्टि भएको छ  । यस्तै ज्वालामुखी गाउँपालिकामा  २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा  ७ जना, सिद्धलेक गाउँपालिकामा २ जना,  नेत्रावती डबजोङ गाउँपालिका, गल्छी गाउँपालिकामा, थाँक्रे, धुनीबेसी नगरपालिका, गजुरी गाउँपालिका १ र १ जनामा  कोरोना पुष्टि भएको छ । 

धादिङका कोरोना संक्रमित नेत्रावती डबजोङ गाउँपालिकाका वडा नम्बर ३ का १ जना पुरुष, थाँक्रे गाउँपालिका वडा नम्बर ७ का एक जना पुरुष र गल्छी गाउँपालिका वडा नम्बर ८ कटुवाल पौवाकी एक महिला गरी ३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.