दुई महिनामा पाँच प्रशासकीय अधिकृत

दुई महिनामा पाँच प्रशासकीय अधिकृत

गौर : रौतहटको देवाहीगोनाही नगरपालिकामा दुई महिना नपुग्दै पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। छोटो अवधिमा अधिकृत हेरफेर हुँदा नगरको कार्य सम्पादनमा बाधा पुगेको छ।

हरेक साता जसो अधिकृतहरु हेरफेर हुन थालेपछि कार्य सम्पादनमा बाधा पुगेको भन्दै उपमेयर पक्षका जनप्रतिनिधिले लिखित रुपमै गुनासो गरेका छन्। कोराना भाइसरको महामारी र आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकिय अधिकृत एकसाता मै सरुवा हुँदा ठुलो समस्या आएको देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीले बताइन्।

वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहको सरुवा गरी भोजबहादुर ऐडीलाई पठाएको थियो। ऐडीले कार्यभार सम्हालेको एक सातामै अर्का उपसचिव विजय कार्कीले वैशाख १८ गते हाजिर गरे। कार्कीको पनि मन्त्रालयले जेठ २८ गते सरुवा गरी मनोज रजकलाई पठाएको थियो। अधिकृत रजक हाजिर नहुँदै अहिले नायव सुब्बा तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

छिटो छिटो कर्मचारी हेरफेर गरेर नायब सुब्बालाई निमित्तको जिम्मेवारी दिइएको भन्दै उपमेयरसहित ६ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्यले गुनासो गरेका छन्। संकटपूर्ण अवस्थामा नगरपालिका अस्तव्यस्त भएको, क्वारेन्टाइनको अवस्था दयनीय रहेको, बजेट खर्च करिब करिब शून्य रहेको जनप्रतिनिधिको गुनासो छ। राहत र उद्धार कार्य पनि कमजोर रहेका बेला संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना संक्रमण फैलाउने वातावरण बनाएको उनीहरुको आरोप छ।

सो नगरका मेयर धमेन्द्र पटेल भने मन्त्रालयले उपसचिव तहका अनुभवी कर्मचारी पठाएको खण्डमा कार्यसम्पादन सहज हुने बताउँछन्। उपसिचव विजय कार्की हुँदा काम गर्न सहज भएको तर उपमेयरले कार्कीलाई काम गर्न नदिएको पटेलको आरोप छ। नगरपालिकाको प्रशासकिय अघिकृतको सरुवामा मन्त्रीस्तरबाटै अदृश्य चलखेल हुने बताइएको छ। त्यस्तो कार्य रोक्न सरकारले गम्भिर कदम नचालेको खण्डमा आफूहरु नगरको काम काज अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने जनप्रतिनिधि बताउँछन्।

सो नगरपालिकामा जनप्रतिनिधीवीच कुरा नमिल्दा केही महिना अघि मात्रै दुई आर्थिक वर्षको नगरसभा भएको थियो। मेयर र उपमेयर पक्षवीचको विवादले नगरको काम कार्वाही प्रभावित भएको नगरबासी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.