तनहुँमा पाँच संक्रमित थपिए
दमौली : तनहुँ जिल्लामा कोभिड संक्रमणको नयाँ घटना सार्वजनिक भएको छ। घिरिङ गाउँपालिकाका पाँच जना पुरुषमा पनि संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनीहरू घिरिङकै क्वारेन्टाइनमा थिए। भारतबाट आएयता क्वारेन्टाइनमा रहेका उनीहरुको निकै ढिला गरि रिपोर्ट आएको हो। पोजिटिभ देखिएका सबैलाई बेलचौतारास्थित आइसोलेसनमा राखिएको छ।
यससँगै तनहुँमा कोभिड पोजिटिभका घटना आठ पुगेका छन्। यस अघिका तीन जना ध्ये ऋषिङका दुई र एक घिरिङकै पुरुष हुन्। सबैलाई बेलचौताराको जीपी कोइराला स्वाश्प्रश्वाश केन्द्रको आइशोलेशनमा राखिएको जनाइएको छ।