सुदूरपश्चिममा थप ६८ जनमा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ६८ जनमा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो । 

६८ जना संक्रमितमध्ये तीन जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बैतडीमा २१ जनामा एकै दिन कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार संक्रमित हुनेमा बैतडीको शिवनाथ गाउँपकिालका वडा नम्वर २ का ७ जना, वडा नम्वर ३ का चार जना, वडा नम्वर ४ का ५ जना र वडा नम्वर ६ का ५ जना छन्।  यस्तै डोटीमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

डोटीको शिखर नगरपालिकाका वडा नम्बर २ का १५ जना र वडा नम्बर ६ का दुई जना, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ का एक जना र आदर्श गाउँपालिका वडा नम्बर २ र ३ का एक-एक जनामा कोरोना पुष्टि भएको छ । 

कैलालीमा १३ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिकाका ८ जना जनजाग्रीती मावि सीतापुरको क्वारेन्टाइनमा रहेका नागरिक हुन् । धनगढी उप–महनागरपालिका वडा नम्वर १, ५, ६ र १९ जनाका एक-एक जना र बर्दगोरीया गाउँपालिकका वडा नम्वर ७ का एक जनामा कोरोना पुष्टि भएको हो । 

कञ्चनपुरमा ११ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका- १० का ८ जना, वडा नम्बर १, ६ र ७ का एक-एक जनामा कोरोना पुष्टि भएको छ । अछाममा ३ जनामा कोरोना पुष्टि भएको छ । अछामको मेल्लेख गाउँपालिकाका वडा नम्बर ५ का दुई र वडा नम्बर ४ का एक जनामा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा थप संक्रमितको संख्या तीन सय ३२ पुगेको छ । 

अहिलेसम्म कैलालीमा ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीमा ३७, बैतडीमा २७, अछाममा २२, बाजुरामा २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना संक्रमित रहेका छन् । यसमध्ये कैलालीमा एक महिला र बाजुरामा एक बालिका गरी दुई जनाको मृत्यु भइसकेको छ भने भने २१ जना निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.