प्रहरी हिरासतमै आत्महत्या गरेपछि गाउँभरी शोक र आक्रोश

प्रहरी हिरासतमै आत्महत्या गरेपछि गाउँभरी शोक र आक्रोश

जनकपुरधाम : धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुर यतिखेर शोकमग्न छ । मंगलबारदेखि नै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन् ।

गत मंगलबार मध्यरातमा प्रहरी हिरासतमा २४ वर्षीय युवक शम्भु सदा मुसहर झुण्डिएको अवस्थामा मृत भेटिएपछि गाउँलेमा आशंका र आक्रोश छ । उनीहरु शव बुझ्न तयार छैनन् । आत्महत्या नभएर हत्या गरेको हुनसक्ने भन्दै परिवार र आफन्त आक्रोशित छन् । शम्भुको गाउँ सबैलाका बासिन्दाहरु जनकपुरमा पुगेर घटनाको सत्य तथ्य छानविन गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सवारी दुर्घटनाका प्रतिवादी शम्भु यादव इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा १६ औं बसेर मध्यरातमा शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले भने उनको आत्महत्या नै भएको ठहर गरेको छ । मृतकका शाशूले भने आफ्ना ज्वाइँले हिरासतबाट नछुटाए त्यहीँ हत्या गर्ने षड्यन्त्र गरिरहेको सूचना पहिले नै पाएको दावी गरेकी छन् ।

‘मेरो ज्वाइँले हामीसँग मलाई छोडाउनुस्, नभए मलाई यहीँ मार्छन् भन्नुभएको थियो । हिरासतमा मेरो ज्यान खतरामा छ भन्नु भएको थियो,’ मृतककी शाशूले भनिन् । प्रहरीले शवको मुचुल्का उठाउँदा सर्ट र भेस्टको सहारामा शौचालयमा झुण्डिएको, मुखमा कपडा कोचिएको दृश्य देखेकाले घटनाप्रति आशंका बढेको गाउँले र आफन्त बताउँछन् ।

प्रहरी हिरासतमा मृत्यु भएका शम्भुको शव हाल जनकपुरधाम स्थित प्रादेशिक अस्पताल शवगृहमा राखिएको छ । सोही ठाउँमा पुगी गाउँलेहरुले सोमबार पनि प्रदर्शन गरेका छन् । शम्भुको परिवार विपन्न छ । सबैलामा ५ धुरमा झुप्रोको घर छ । शम्भुका एक छोरी, एक भाई र आमाबुवा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.