तनहुँमा थप १२ जनामा कोरोना संक्रमण

तनहुँमा थप १२ जनामा कोरोना संक्रमण

दमौली : तनहुँका थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९)पोजिटिभ देखिएको छ। योसँगै जिल्लामा कोरोना पोजिटिभ देखिनेको संख्या २३ पुगेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ कोभिड पोजिटिभ देखिनेमा ऋषिङका सात, शुक्लागण्डकीका एक र भानु नगरपालिकाका चार छन्। सबै पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदबिन्दु शर्माले जानकारी दिए।

संक्रमण पुष्टि भएकामध्ये भानुका चार त्यहीँ रहेको स्वास्थ्य केन्द्रमा आइसोलेसनमा बस्नेछन भने बाँकीलाई दमौली अस्पतालमा राखिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए। जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वासमा बेड थप्नुपर्ने भएकाले नयाँ संक्रमितलाई भानु र व्यास नगरपालिकामा व्यवस्थापन गरिने उनले बताए। हाल जीपीको आइसोलेसनमा १० जना छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.