क्वारेन्टाइबाट घर फर्किएका युवामा कोरोना पुष्टि

क्वारेन्टाइबाट घर फर्किएका युवामा कोरोना पुष्टि

दमौली : गत जेठ २४ गते स्वाब नमूना संकलन गरिए पनि लामो समयसम्म नतिजा नआएपछि व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहेका ५० जनाले आन्दोलन गर्न थाले । पोखरास्थित प्रदेशको प्रयोगशालाबाट नतिजा आउन ढिलो भएपछि ती युवाले दिनहुँजसो आन्दोलन गर्न थालेका थिए । ‘दैनिक घर जान पाउनुपर्ने माग गर्दै आन्दोलन हुने अवस्था आयो,’ व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने,‘त्यसपछि सरकारी कार्यविधिअनुसार आरडिटी परीक्षण गरेर पठाएका थियौं ।’ 

आफूहरुले बिहिबार नतिजा आउने भएकाले कुर्नका लागि भने पनि दिनहुँ आन्दोलन हुने अवस्था आएकाले आरडीटी गरेर पठाउनु परेको उनको भनाइ छ । घर पठाइएकालाई बाहिर नजान र घरभित्रै रहन निर्देशन दिइएको उनले बताए । 

व्यास नगरपालिकाको स्वास्थ्य शाखाले यसरी घर गएका मध्ये एक जनामा कोभिड पोजिटिभ देखिएको जनाएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो नतिजामा व्यासका तीन जना पुरुषमा कोभिड पोजिटिभ देखिएको थियो । ती संक्रमितमा घर फर्किएका एक जना रहेका व्यासको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए । बाँकी दुई भने क्वारेन्टाइनमा नै छन् । ‘एक जना घर गएका व्यक्तिको पहिचान भैसकेको छ,’ उनले भने । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले संक्रमित व्यक्ति सम्पर्कमा आइसकेको जानकारी पाएको बताए । ‘संक्रमित सम्पर्कमा आइसकेका छन्,’ उनले भने, ‘हामी आइसोलेसनमा राख्ने तयारी गरिरहेका छौं ।’ पीसीआर रिपोर्ट नआउँदै आरडिटी गरेर पठाइएको भन्दै स्वास्थ्य अधिकारीको आलोचना भए पनि उनीहरुले भने सरकारी कार्यविधिअनुसार काम गरेको दाबी गरेका छन् । ‘सरकारले बनाएको कार्यविधिमा क्वारेन्टाइनमा रहेर लक्षण नदेखिएकालाई आरडिटी गरेर पठाउन मिल्ने भनिएकाले त्यसै गरिएको हो,’ उनले भने । 

घर गएकालाई लिन एम्बुलेन्स पठाइयो

यसरी घर गएकालाई लिन प्रशासनले एम्बुलेन्स पठाएको छ । पहिला ती संक्रमितलाई आइसोलेसनमा राख्ने र पछि परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्ने तयारी स्वास्थ्य अधिकारीले गरेका छन् । ‘व्यक्ति सम्पर्कमा भएकाले उसलाई अलग्गै रहन भनेका छौं,’ व्यासका स्वास्थ्य प्रमुख सोतीले भने,‘त्यसपछि अरुलाई क्वारेन्टाइनमा ल्याउँछौं ।’

तनहुँमा संक्रमित २६ पुगे

बिहिबार सार्वजनिक सूचीअनुसार तनहुँमा कोभिड पोजिटिभ देखिएकाको संख्या २६ पुगेको छ । २६ जनामा पोजिटिभ देखिएकामा दुई निको भएर घर फर्किसकेका छन् । नयाँ कोभिड पोजिटिभ देखिनेमा ऋषिङका सात, भानुका चार, व्यासका तीन र शुक्लागण्डकी नगरपालिकाका एक छन् । संक्रमितमध्ये भानुका चारलाई त्यहींको स्वास्थ्य केन्द्र र बाँकीलाई व्यास नगरपालिकाको आइसोलेसनमा राख्ने तयारी गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.