परीक्षणबिना घर पठाएका १४ जनामा कोरोना संक्रमण पुष्टि

परीक्षणबिना घर पठाएका १४ जनामा कोरोना संक्रमण पुष्टि

डोटी : कोरोना संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षणबिना नै घर पठाउने निर्णयको आलोचना भइरहेका बेला डोटीमा क्वारेन्टाइनबाट घर गएका १४ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ । जिल्लाको शिखर नगरपालिका-३ मा रहेको क्वारेन्टाइनबाट घर फर्केको चार दिनपछि उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो ।    
गत जेठ १२ गते भारतबाट आएर शिखर नगरपालिका-३ मा रहेको अमरज्योति आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनीहरू मध्येका २५ वर्षीय एकजना पुरूषको जेठ १९ गते आएको पीसीआर रिपोर्टमा पोजिटिभ देखाएको थियो । 

उनी डोटीका पहिलो कोरोना संक्रमित व्यक्ति समेत हुन् । उनलाई पोजिटिभ देखिएसँगै कन्ट्याक्ट ट्रेसिङ्गको आधारमासँगै क्वारेन्टाइनमा बसेका अन्य २९ जनाको जेठ २० गते स्वाब संकलन गरिएको थियो । उनीहरुको स्वाब संकलन गरेपनि रिपोर्ट नआउँदै घर पठाएको थियो। 

उनीहरुलाई जेठ ३० गते घर पठाएको हो । उनको रिपोर्ट १४ दिनपछि अर्थात असार १ गते मात्र आएको हो । घर गएका उनीहरुमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँमा त्रास फैलिएको छ । 'कोरोना रिपोर्ट पोजिटिभ आएका उनीहरुले गाउँका सम्पूर्ण व्यक्तिसँग घुलमिल गरिसकेका छन्,' स्थानीय नविन जोराले भने, 'कामको सिजन छ । सबैले सँगै काम गरेका छौँ । यसले गर्दा हामीमा त्रास पैदा भएको छ ।'

क्वारेन्टाइनमा बसेका उनीहरुले जनप्रतिनिधिका कारण घर फर्किएको बताएका छन् । एकजना कोरोना रिपोर्ट पोजिटिभ आएका व्यक्तिले भने, 'हामीले रिपोर्ट नआएर घर जाँदैनौं भनेका थियौं । तर, वडाअध्यक्ष प्रेम जोराले क्वारेन्टाइनमै बस्न दिएनन्, त्यसपछि बाध्य भएर घर आएको हुँ ।'

कोरोना पोजिटिभ आएका ती व्यक्ति भन्छन्, 'वडा अध्यक्ष ज्यूले डोटीका पहिलो संक्रमित व्यक्तिसँगै भारतबाट आएका व्यक्ति घर गइसकेका छन् । त्यसैले तपाईहरू पनि घर जाँदा केही हुँदैन भन्दै पाठाए।'

वडा अध्यक्ष प्रेम जोराले सबैको सल्लाह अनुसार नै घर पठाएको बताए। 'क्वारेन्टाइनमा बसेको १९ दिन पुगिसकेकाले सबैको सल्लाह अनुसार नै घर पठाएका हौं,' अध्यक्ष जोराले भने ।

'अब फेरि क्वारेन्टाइनमा बस्न भनेका छौं, उनीहरूले नमानेका कारण होम क्वारेन्टाइनमै बस्न लगाएका छौं ।' जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले १९ दिन क्वारेन्टाइनमा बसेका व्यक्ति घर फर्किएपछि कोरोना रिपोर्ट पोजिटिभ आएको बताए  ।

'रिपोर्ट ढिलो गरी आउँदा उनीहरु घर गएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न सल्लाह दिइएको छ,' उनले बिहीबार संक्रमितको कन्ट्याक्टमा आएका व्यक्तिको स्वाब संकलनका लागि स्वास्थ्यको टोली गाउँ जाने भएको छ।'

बाजुरामा पनि रिपोर्ट नआउँदै घर

बाजुरामा पनि स्वाबको रिपोर्ट नआउँदै  ६२ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको छ । बाजुराको बुढिगंगा नगरपालिका धुरालसैन माविको क्वारेन्टाइनमा १९ जना कोरोना पोजिटिभ देखिएका छन् । त्यही क्वारेन्टाइनमा बसेका ६२ जनाको स्वाबको रिपोर्ट नआउँदै घर पठाइएको हो ।

रिपोर्ट नआउँदै घर पठाएपछि गाउँले त्रसित छन्। सोही क्वारेन्टाइनमा बसेकी २ वर्षीय बालिकाको कोरोनाको कारण मृत्यु भएको थियो । त्यसपछि क्वारेन्टाइन बसेका १ सय ८७ जनाको पीसीआरका लागि जेठ १९ गते स्वाब संकलन गरिएको थियो । १८७ जना मध्ये १२४ जनाको मात्रै रिपोर्ट आउँदा १७ जनामा कोरोना पुष्टि भएको थियो । बाँकी रहेका ६२ जनालाई रिपोर्ट नआउँदै घर पठाइएको हो ।

रिपोर्ट नआएका निर्वाधरुपमा घरमा घुमिरहेका छन् भने खेतीपातीको काम भएकाले एकअर्काको खेतमा समेत जाने आउने गरेको स्थानीय लक्ष्मण थापाले बताए । नगर प्रमुख दिपक विक्रम शाहले भने आफूले नजानु भन्दा भन्दै उनी घर गएको बताए । 'उनीहरुमा लक्षण थिएन, घरमा पनि आइसोलेसनमा बस्ने सर्तमा पठाइएको हो,' नगरप्रमुख शाहले भने । स्वास्थ्य कार्यलय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले पनि कोरोना लक्षण नदेखिएमा घरको क्वारेन्टाइनमा बस्ने गरी पठाउन मिल्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.