कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको अन्त्येष्टि, लम्की अस्पताल अनिश्‍चितकालका लागि बन्द

कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको अन्त्येष्टि, लम्की अस्पताल अनिश्‍चितकालका लागि बन्द

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली गोदावरी नगरपालिकाका ४६ वर्षीय कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीशप्रसाद जोशीका अनुसार उनलाई चार दिनअघि सेती अस्पतालमा भर्ना गरिएको थियो । जेठ २८ गते स्वास्थ्यमा समस्या आएको ती पुरुषमा ३१ गते कोरोना पुष्टि भएको थियो । 

चिकित्सकले कडा खालको निमोनियासँगै कोरोना संक्रमणका कारण उनको मृत्यु भएको बताएका छन् । उनी बस मालिक हुन् । मृतक पुरुष आफै बस चलाउने गर्थे। मृतकले भारतबाट फर्केकालाई सीमानाबाट गन्तव्यमा पुर्‍याउने काम गर्दै आएका थिए ।  त्यही क्रममा उनी संक्रमित भएको हुनसक्ने चिकित्सकको अनुमान छ । 

भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको डा. जोशीले बताए । स्वास्थ्यमा समस्या देखिएपछि जेठ २८ गते धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वास्थ्यमा सुधार आएपछि एक दिन घर समेत बसेका थिए । फेरि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै अर्को अस्पताल नवजीवनमा लिएको थियो । उनको स्वास्थ्य जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

असार २ गते बाट उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । मृतक पुरुषलाई बिहीबार बिहान हवाई उद्धारका लागि समेत पहल भएको थियो । मृतकको शव कैलालीको मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्युपछिको कर्मकाण्ड पूरा गरी आफन्तसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शव व्यवस्थापन गरिएको हो । बुधबार नै कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार राती मृत्यु भएको थियो । उनको मृत्युपछि बुधबार मात्र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । यो संगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ । यसअघि कैलालीमा दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भएको थियो । 

अस्पताल अनिश्चितकालका लागि बन्द

लम्कीचुहा नगरपालिकामा रहेको लम्की अस्पताल अनिश्चिकालका लागि बन्द गरिएको छ । उपचार गरी रेफर गरिएका बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको हो ।

अस्पतालले बिहीबार सूचना जारी अर्को सूचना नआउँदासम्मका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । लम्की अस्पतालमा उपचार गरी कोहलपुर रेफर गरिएकी बिरामीको मृत्यु भएको र उनको मृत्युपछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको अस्पतालले जनाएको छ । ती महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी एवम् कर्मचारीको परीक्षण रिपोर्ट नआएसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द रहने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.