सेयर कर्जा खुकुलो पार्न आग्रह

सेयर कर्जा खुकुलो पार्न आग्रह

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर बजार लक्ष्यित बैंकिङ कारोबारलाई ‘अत्यधिक खुकुलो’ बनाइदिन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। यस्तो व्यवस्था कार्यान्वयनमा आए सेयर बजार बढाउन सघाउ पुग्नसक्ने बोर्डका अधिकारी बताउँछन्।

कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताको बजार सुधारसम्बन्धी माग सम्बोधन गर्न भन्दै बोर्डले यस्तो माग अघि सारेको हो। बोर्डले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोको कारोबार खुकुलो पार्ने निर्देशन दिन केन्द्रीय बैंकलाई आग्रह गरेको छ।

उक्त सुझावअनुसार बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जा खुकुलो पार्नु पर्नेछ। धितो राखिने सेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म ऋण दिनुपर्ने र धितोमा रहेको सेयरको भाउ कम्तीमा १० प्रतिशत नघटेसम्म मार्जिन कल गर्न नपाइने व्यवस्था गर्न बोर्डले सुझाएको छ।

अहिले धितोमा राखिएको सेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने व्यवस्था छ। मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था अहिले छ। यसो गर्दा बैंकले थोरै मात्र भाउ घट्ने वित्तिकै ऋणीलाई पैसा तिर्न लगाउने गरेको र त्यही कारण ऋण लिएर दोस्रो बजारमा लगानी गर्न मानिस डराइरहेको ठूला लगानीकर्ताको विश्वास छ।

धितोपत्र बोर्डले सेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिलाई ध्यान दिएर व्याज तिर्नुपर्ने समय २०७७ असोज मसान्तसम्म बढाइ दिन पनि आग्रह गरेको छ। यस्तै मार्जिनको सीमा भित्रै (१० प्रतिशतभन्दा कम मूल्य घटेका) सेयर धितोको रहेका ऋण बक्यौता रकममा नै नवीकरण गरिदिने व्यवस्था गर्न पनि भनिएको छ।

सेयर कारोबारको भुक्तानीका लागि विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम आदानप्रदान गर्दा रकमान्तर हुने कारोबार रकमको सीमा नरहने व्यवस्था गर्न पनि भनिएको छ। यसले ठूलो संख्यामा भुक्तानी गर्न सकिने सुविधा दिन्छ। विगतमा राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणलाई निरुत्साहित गर्नभन्दै कारोबारको सीमा तोक्न थालेको थियो। बैंकका साहुजीको समूहले पनि महिलाले सेयर बजारम ागर्ने लगानीको स्रोत नखोज्ने नीति ल्याउन यसअघि नै राष्ट्र बैंकलाई आग्रह गरेका थिए।

बैंक तथा वित्तीय संस्थाले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको ब्याजदर सेयर लगानीकर्तालाई दिने ऋणभन्दा सस्तो पारिनुपर्ने माग पनि अघि सारेको छ। यस्तो गरिए ब्रोकरले सस्तोमा बैंकबाट ऋण लिएर आफ्ना हितैसी लगानीकर्तालाई महँगोमा सापटी दिन सक्नेछन्।

राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिको तयारी अघि बढाउन थालेको बेला धितोपत्र बोर्डले यस्तो सुझाव अघि सारेको हो। सेयर लगानीकर्ताले अहिलेको अवस्थामा सेयर बजार खोल्दा आत्तिएर बजार ओरालो लाग्ने जोखिम औंल्याएपछि लकडाउन खुकुलो हुँदासमेत सेयर बजार खुला गरिएको छैन। राष्ट्र बैंकका अधिकारीले भने धितोपत्र बोर्डको यस्ता सुझाव सबै सम्बोधन गर्न कठिनाइ हुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.