थप १८ जनामा कोरोना संक्रमण, सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुग्यो

थप १८ जनामा कोरोना संक्रमण, सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशमा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि भएको हो भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धु्रा र डोटी जिल्ला गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटीका ४, कैलालीका ७, डडेल्धुराका ६ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण भएको हो । 

प्रदेशको डोटीको बडीकेदार गाउँपालिका १८, २०, २२ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी कैलालीको गोदावरी नगरपालिका ४१ वर्षीया महिला र १६, २१, ५८ वर्षीय पुरुषमा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

यस्तै कैलालीको जानकी गाउँपालिका १९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिकाका २० र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कञ्चनपुर पुर्नवास नगरपालिका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

शुक्रबार नै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एकजना गरी ६ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराका कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबार थपिएका सबै पुरुष हुन् । 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ । प्रदेशमा सबै भन्दा बढी कैलालीका एक सय ५६ जना, कञ्चनपुरमा ९९, डडेल्धुरामा एक सय २८, डोटीका ४३, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.