निर्देशकसहित चार जनामा कोरोना पोजिटिभ देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल

निर्देशकसहित चार जनामा कोरोना पोजिटिभ देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल

दाङ  : दाङ घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुई दिनका लागि सिल गरिएको छ। प्रतिष्ठानका निर्देशकसहित चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि प्रतिष्ठानको अस्पताल सिल गरेको हो। केही दिन प्रतिष्ठानले २१ जना आफना कर्मचारीलाई होमक्वारेन्टाइनमा राखेको थियो। 

कोरोना सङ्क्रमितको उपचारपछि घरमै क्वारेन्टानमा बसेका अस्पतालका निर्देशक, एक डाक्टर, नर्सिङ इञ्चार्ज र इमर्जेन्सी वार्डमा कार्यरत एकजना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना पोजिटिभ देखिएको हो।  

अस्पतालका निर्देशकसहितका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको  र त्यसका लागि अस्पताल सिल गर्नुपर्ने अवस्था आएको अस्पताल स्रोतले जनाएको छ। 

चारजना स्वास्थ्यकमर्की सङ्क्रमित भएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत् जारी गरे जानकारी गराएको छ। 

प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले क्यारेन्टाइनमा राखिएका २१ जनामा चार जनाको रिपोर्ट पोजेटिभ आएको हुँदा अहिले प्रतिष्ठानलाई सिल गर्नु परेको बताइन्। उनले अप्रेशन वार्डको डाक्टर र नर्समा समेत पोजेटिभ देखिएकाले ओटीमा आएको बिरामीबाट वा उपचारका लागि आएको बिरामीबाट कोरोना संक्रमण भएको आशंका गरिएको बताइन्।

‘उहाँहरु रनिङमा पनि जानु हुन्थो’, कसरी संक्रमण भयो भन्न सक्ने अवस्था छैन, उपकुलपति भण्डारीले भनिन्, ‘सानो क्षेत्र भएकाले पनि यो जोखिम भएको हुन सक्छ।’ 

प्रतिष्ठान सिल गरिएको भए पनि कोरोना परिक्षणको काम भने निरन्तर हुने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.