डोटीमा थप ६१ जनामा कोरोना संक्रमण
डोटी : डोटीमा शनिबार मात्रै थप ६१ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा ९ महिला र ५२ पुरुष गरी जम्मा ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले गरेको प्रेस ब्रिफिङ्गमा बताइएको छ ।
योसँगै डोटीमा संक्रमित हुनेको संख्या एक सय १८ पुगेको छ । त्यसै गरी आज नै चार जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन सूर्य बिष्टले जानकारी दिए ।
हालसम्म डोटीमा ३४ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । अन्य संक्रमित व्यक्ति आइसोलेसनमा नै रहेका बताइएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस !