संक्रमण पुष्टि भएको २४ घण्टापछि अस्पताल पठाइयो

संक्रमण पुष्टि भएको २४ घण्टापछि अस्पताल पठाइयो

दमौली : क्वारेन्टिनमा बसेको २४ घण्टापछि मात्र घिरिङका १७ कोरोना संक्रमित बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रको आइसोलेसनतर्फ लागेका छन्। शुक्रबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा १७ जनामा कोरोना संक्रमण देखिएको थियो। 

उनीहरुलाई लिन शुक्रबार गएको बस बाटो खराब भएको भन्दै बीचबाट फर्किएको थियो। आइसोलेसनमा जान नपाउँदा उनीहरुले शुक्रबारको रात क्वारेन्टिनस्थल घिरिङ १ को पुट्टारस्थित कालिगण्डकी प्राविधिक शिक्षालयमै रात कटाएका थिए। 

'लिन आएको बस फर्केपछि पोजिटिभ र नेगेटिभ भएकालाई छुट्याएर राख्यौं,’ वडाध्यक्ष गंगा कुमालले भने,‘आज सेनाको गाडि आए पछि मात्र उनीहरुलाई पठाउन सकेका हौं।’ 

उनीहरुलाई भीमादस्थित सीटीईभीटीको प्राविधिक शिक्षालयमा राखिने भएको छ। यस अघि प्रशासनले गाउँमै आइसोलेसन बनाएर राख्नका लागि सुझाव दिए पनि यातायातको असहजता र चिकित्सक अभाव भन्दै स्थानीय तहले असम्भव रहेको बताएका थिए। 

भीमादमा बसेको घिरिङ, ऋषिङ र भीमादका अध्यक्ष तथा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठकपश्चात भीमादस्थित प्राविधिक शिक्षालयलाई ८० जना राख्ने क्षमताको आइसोलेसनमा परिणत गर्ने सहमतिपछि संक्रमितलाई त्यहीं राखिने भएको हो। 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले ऋषिङका संक्रमित २१ जनालाई पनि सोही शिक्षालयमा राखिने निर्णय भएको जानकारी दिए। ‘घिरिङका हिंडिसकेका छन्,’ उनले भने,‘सोही सवारीमा ऋषिङकालाई पनि ल्याइनेछ।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.