डोटीमा ६ महिने बालकसहित थप ७२ जनामा कोरोना पुष्टि

डोटीमा ६ महिने बालकसहित थप ७२ जनामा कोरोना पुष्टि

डोटी : डोटीमा शनिबार मात्रै नयाँ कोरोना संक्रमितको संख्या ७२ रहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा ९ महिला र ५२ पुरुष गरी जम्मा ६१ रहेका मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा बताइएको छ। यता सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

जसमा ४ महिला र ७ जना पुरुष रहेका छन्। सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिनाको बालकमा समेत कोरोना पुष्टि भएको पाइएको छ। योसँगै डोटीमा संक्रमित हुनेको संख्या एक सय २९ पुगेको छ।

त्यसैगरी आज नै चार जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किँका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन सूर्य विष्टले जानकारी दिए। हालसम्म डोटीमा ३४ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। डिस्चार्ज हुनेहरुमा ७ जना जिल्ला अस्पतालको आइसोलेसनबाट र अन्य पालिकाहरुले बनाएको आइसोलेसनबाट रहेका छन्। अन्य संक्रमित व्यक्तिहरु आइसोलेसनमै रहेका बताइएको छ। स्वास्थ्य अवस्था सबैको सामान्य रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.