क्‍वारेन्टाइनबाट घर पठाइएको युवामा कोरोना

क्‍वारेन्टाइनबाट घर पठाइएको युवामा कोरोना

रुकुम : पिसिआर रिपोर्ट आउन ढिलाइ भएपछि क्वारेन्टाइनबाट आरडीटी गरेर घर पठाइएकामा कोरोना देखिएको छ। जिल्लाको मुसीकोट नगरपालिका-१२ का एक युवालाई साताअघि क्वारेन्टाइनबाट घर पठाएको थियो तर उनलाई शनिबार कोरोना भाइरस रिपोर्ट पोजिटिभ आएको छ।

स्वाब संकलन गरेको दुई साता बितिसक्दा पनि रिपोर्ट नआएपछि आरडीटी गरेर घर पठाइएको वडाध्यक्ष प्रेमबहादुर ओलीले बताए । नगरपालिका–का ३३ वर्षीय युवामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा गरिएको परिक्षणबाट उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। उनी भारतको पञ्जाबबाट गाउँ फर्केका थिए। गाउँ आएपछि १४ दिन महेन्द्र मावि छिवाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उनी बसेका थिए। जिल्लामा पहिलो पटक ती युवालाई कोरोना भाइरस भएको पुष्टि भएपछि उनलाई जिल्ला अस्पताल सल्लेमा निर्माण गरिएको आइसोलेसन कक्षमा राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबीर खड्काले बताए। कोरोना पुष्टि भएपनि युवाको अवस्था सामान्य रहेको र कुनै लक्ष्य नदेखिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.