जंगली च्याउ खाँदा एकै परिवारका ५ विरामी
दाङ : दाङमा जंगली च्याउ खाँदा एकै घरका ५ जना विरामी परेका छन्। जंगबाट ल्याएको विशालु च्याउ खाँदा दाङको तुलसीपुर उपमहानगरपालिका-८ गहते खोलाका एकै परिवारका ५ जना विरामी भएको दाङ प्रहरीले जनाएको छ।
उनीहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। च्याउ खाएर विरामी हुनेहरुमा ६९ वर्षीया सत्य पुन, ६१ वर्षीया मैती पुन, ४० वर्षीय भोला पुन, १४ वर्षीय ललित पुन र ११ वर्षीय विशाल पुन रहेका छन्।
प्रतिक्रिया दिनुहोस !