सरिता गिरीसँग स्पष्टीकरण

सरिता गिरीसँग स्पष्टीकरण

काठमाडौं : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई स्पष्टीकरण सोध्ने भएको छ। सोमबार बसेको पदाधिकारी बैठकले सांसद गिरीसँग सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिने निर्णय गरेको हो।

पार्टीको ह्विपविपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको नेता रामसाहाय यादवले बताए। ‘समाजवादी पार्टीको संसदीय दलले उहाँलाई स्पष्टीकरण सोध्न सिफारिस गरेको थियो। त्यसबमोजिम पार्टीको पदाधिकारी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो’, उनले भने, ‘एक साताभित्र उहाँको स्पष्टीकरण आएन भने पार्टीले अर्को निर्णय गर्छ।’

गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध पनि उनले संशोधन राखेकी थिइन्। सरकारले जेठ ५ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो। जेठ ९ गते निसान छापमा अंतिक नेपालको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरिएको थियो।

सांसद गिरीको तर्क रह्यो– ‘नेपालले प्रमाण र स्रोत नपुर्‍याएरै नयाँ नक्सा ल्यायो र संविधान संशोधन गर्‍यो।’

गिरीले दर्ता गरेको संशोधनलाई उनको पार्टीले नै समर्थन गरेको थिएन। उल्टै संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनीसमेत पार्टीले दिएको थियो। सभामुखले उनको संशोधन प्रस्ताव खारेज भएको बताएपछि उनी विधेयकमाथि मतदानका बेला बाहिरिएकी थिइन्।

भारतको विहारमा जन्मिएकी उनी विवाह गरेर नेपालमा आएकी थिइन्। नेपालमा लोकतन्त्र अभाव भइरहेका बेला जनतालाई न्याय दिलाउन आफू राजनीतिमा आएको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.