कोरोनासँग जुध्‍न स्वास्थ्य सामग्री सहयोग

कोरोनासँग जुध्‍न स्वास्थ्य सामग्री सहयोग

डोटी :कोरोना भाइरस (कोभिड-१९) को महामारीले मुलुक अहिले आक्रान्त बनिरहेको छ । देशनै लकडाउनमा गुज्रिरहेको छ । यसैक्रममा डोटीमा जिल्ला बाहिरका संघसंस्थाले सहयोगी हात अघि बढाएका छन्। यसै क्रममा डोटीको शिखर नगरपालिका र केआईसिंह गाउँपालिकालाई पश्चिम महिला जागरण समूह काठमाडौंले लाखौं रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आनी छोइङ्ग डोल्मा फाउण्डेसन काठमाडौं, प्रारम्भ सामाजिक संस्था ललितपुर, रैका टुर्स एण्ड ट्राभल्स काठमाडौं, सिंगापुर रेडक्रस सोसाइटीलगायतका संस्थाको सहयोगमा पश्चिम महिला जागरण समूहले स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि उक्त सामग्री सहयोग गरेको समूहकी अध्यक्ष गोदावरी सिंह शाहीले बताइन् ।

स्वास्थ्य सामग्रीमा पीपीई सेट, गम बुट, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुन, फस्ट एड किडलगायतका सामग्री रहेको रैका टुर्सका प्रबन्ध निर्देशक अमरबहादुर शाहीले बताए । आवश्यक परे फेरी पनि सहयोग गर्न सकिने शाहीले जनाए ।

त्यसैगरी सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालमार्फत समेत स्वास्थ्य सामग्री सहयोग भएको छ । डा. आरजु राणा देउवाको पहलमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले शिखर नगरपालिका र केआईसिंह गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरेको छ । स्वास्थ्य सामग्रीको अभाव भइरहेका बेला विभिन्न निकायबाट यसरी सहयोग पाउँदा खुसी लागेको शिखर नगरपालिका स्वास्थ्य शाखाका संयोजक हरिष शाहले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.