कैलालीको एउटै स्थानीय तहमा थप ४४ जनाामा कोरोना पुष्टि

कैलालीको एउटै स्थानीय तहमा थप ४४ जनाामा कोरोना पुष्टि

धनगढी : कैलालीको एउटै स्थानीय तहमा मंगलबार एकै दिन थप ४४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरीका १५ महिला र २९ पुरुष गरी थप ४४ जनामा कोरोना पुष्टि भएको हो । 

यसअघि गोदावरीमा ३७ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार थपिएसंगै गोदावरीमा जम्मा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । सुदूरपश्चिकै केन्द्र मानिने गोदावरी नगरापलिकामा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि गोदावरी बन्द गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार ५ महिनाको बच्ची, ३ वर्ष र ४ वर्षका बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पुरुषतर्फ पनि ८ वर्ष, १० वर्षका दुई जना बालक रहेका छन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार परीक्षणमा मंगलबार कैलालीका ४६ जनामा संक्रमण पुष्टि भएको हो । भजनी नगरपालिका १९ वर्षीय महिला र स्थानीय तह नखुलेका ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । 

योसँगै कैलालीमा संक्रमितको सङख्या तीन सय ८७ पुगेको छ । कैलाली तीन जना संक्रमितको मृत्यु भइसकेको जिल्ला हो । सेती प्रादेशिक अस्पतालमा मंलबार गरीएको परीक्षणमा कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक-एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.