क्वारेन्टाइनमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला
दमौली : क्वारेन्टाइनमा घिरिङका एक व्यक्ति मृत भेटिएका छन् ।घिरिङ गाउँपालिका-३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका स्थानीय ४९ वर्षीय हिरासिंह परियार मंगलबार राती करिब ८ बजे भवनभित्रै क्वारेन्टाइनमै झुन्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए।
गत साता भारतबाट आएका उनी क्वारेन्टाइन राखेको भोलिपल्ट भागेका थिए। पछि नियन्त्रणमा लिएर फेरी क्वारेन्टाइन राखिएको थियो । उनले आत्महत्या गरेको आशंका गरिएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।