धनगढी उपमहानगरले ल्यायो एक अर्ब ६३ करोडको बजेट

धनगढी उपमहानगरले ल्यायो एक अर्ब ६३ करोडको बजेट

धनगढी : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ८५ करोड र पूँजिगततर्फ ७८ करोड ८२ लाख गरी एक अर्ब बढीको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । 

उपमहानगरको पाँचौ नगरसभामा उप-प्रमुख शुसीला मिश्र भट्टले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको  बजेटमा कोभिड-१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, पर्यटन, आयआर्जका कार्यक्रम, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चार विकासलाई प्राथमिकताका साथ राखेको छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर आगामी वर्षको बजेटमा पर्यटन प्रवर्दन, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम भन्दा पनि विगत वर्षकै कार्यक्रमलाई निरन्तरता दिएको देखिएको छ । नीति तथा कार्यक्रममा कोरोना सक्रमण (कोभिड-१९) रोग व्यवस्थापन गर्नमा बजेट छुट्याउने उल्लेख गरेको छ ।

उपमहानगरमा कृषितर्फ जैविक प्रोत्साहन गरिने उपमहयरले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख गरेको छ । उपमहानरगको पर्यटन विकासका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ । उपमहागरभित्र भ्यू-टावर निर्माणदेखि होमस्टेको नीति लिइने उपमेयर भट्टले कार्यक्रममा प्रस्तुत गरिन्।
 
कृषि र कोरोना महामारी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको कार्यक्रममा संक्रमरण रहदासम्म असक्त, असाय, एवं आर्थिकरुपले विपन्न गर्भवती, महिला र जेष्ठ नागरिहरुलाई रातहका लागि बजेटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । कृषि अन्र्तगत सहरी क्षेत्रमा कौशी खेतीलाई सुरुवात गरिने जनाएको छ।

नीति तथा कार्यक्रममा गत वर्ष सुरु हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिएको छ । कैलाली नाला, सुकुटी नाला, मोहना दनीमा साईकाल ट्रयाक निर्माण गरिने विगत वर्षको योजनालाई निरन्तरात दिने भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.