क्‍वारेन्टाइनमा बसेकाले सहयोग पाउँदा मख्‍ख

क्‍वारेन्टाइनमा बसेकाले सहयोग पाउँदा मख्‍ख

मुगु : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गतेदेखि  जेठ ३२ गतेसम्म लागू भएको लकडाउनमा देशका विभिन्न जिल्ला तथा भारत र अन्य मुलुकबाट घर फर्की १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाहरुलाई सरसफाईलगायत खाने सामग्री सहयोग भएको छ। जिल्लाको सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा देशका विभन्न शहर तथा भारत र अन्य मुलकबाट आएर  १४ दिनसम्म क्वारेन्टाइन बसेकाहरुलाई  स्टोरिज अफ नेपाल नेपाल समुदायले  सरसफाईको सामग्री साथै बिहान दिउँसो खाने खाजा नास्ता सहयोग गरेको हो।

पहिलो चरणमा सोरु गाउँपालिकाको युवा वर्ष आधारभुत विद्यालयका १ सय २४ मुगुम कार्मारोङ गाउँपालिका छाँयाल, बुद्ध मावि माग्री, ढुङ्गेधारा, मह, पुलु र सिरानीचौरका क्वारेन्टाइनमा बसेका ८६  जनालाई सेनीटाईजर, पाँच पिस माक्स, नुहाने साबुन एक लुगा धुने साबुन दुई ब्रस मन्जनका साथै  बिहान बेलुकिको खाजा नास्ताको लागी एक केजी चिउरा, १० प्योकट विष्कुट, ८ दान अण्डा बितरण गरिएको छ।  थप  २० जनालाई केही दिनमै उक्त सामाग्री वितरण गरिने भएको छ।

क्वारेन्टाइनमा बसेको अवधीमा गाउँपालिकाले बिहान बेलुकाका लागि दाल भात उपलब्ध गराएको थियो। 'बिहान दिउँसो कहिल्यै खाजा नास्ता पाएका थिएनौं। सरसफाईका सामाग्रीसमेत गाउँपालिकाले उपलब्ध नगरेका बेला  विदेशमा बस्ने मनकारी नेपालीहरुले पठाएको रकमबाट सरसफाईका सामाग्री गरिद गरी जिल्लास्थित सञ्चारकर्मीसहितको टोली क्वारेन्टाइनस्थलमै पुगी ति सामाग्री  वितरण गर्दा निकै हर्षित भएका छौं। ति मनकारी  स्टोरिज अफ नेपाल  नेपाल समुदायका सबैलाई धन्यवाद छ' मुगुम कार्मारो-८ का च्यावा तामङ्गले भने।

लकडाउनकै कारण बिहान बेलुका छाक टार्न समस्या परेका छाँयानाथ रारा नगरपालिकाका ५६ जना अति  अपाङ्ग, असाय, तथा विपन्न १ लाख ७ हजार ८ सय ७५ मुल्य बराबरको खाद्यान्नसमेत सहयोग  स्टोरिज अफ नेपाल समुदायले सहयोग गरेको थियो। पुन दोस्रो पटक क्वारेन्टाइनमा बसेका २ सय ५० जनालाई २ लाख ६५ हजार ७ सय २० रकम बराबरको सरसफाईका सामाग्री तथा बिहान बेलुकाको लागि खाजा नास्ता  सहयोग गरिएको  स्टोरिज अफ नेपाल नेपाल समुदायका जय पौडेलले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.