म्याग्दीमा थप छ जनामा कोरोना संक्रमण

म्याग्दीमा थप छ जनामा कोरोना संक्रमण

बेनी : म्याग्दीमा बिहीबार बिहान एक महिला सहित छ जनामा कोरोना (भाइरस) संक्रमणको पुष्टि भएको छ ।   पोखरा क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेडौडामा पिसिआर बिधिबाट गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना (भाइरस) संक्रमिण पुष्टि भएको हो । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माद्धारा जारी विज्ञप्तिमा संक्रमण पुष्टि भएकाहरुलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ । 

म्याग्दीका ६ जना, नवलपरासी पुर्वको मध्य बिन्दु नगरपालिकाका एक पुरुष र एक महिला, बागलुङको गलकोट नगरपालिकाका दुई जना र स्याङ्जाको कालीगण्डकी गाउपालिकाका १ जना रहेका छन् ।  पछिल्लो पटक थपिएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ जना पुगेको छ । 

म्याग्दीका नयाँ संक्रमित मंगला गाउपालिकाका ४ र बेनी नगरपालिकाका दुई जना हुन् । उनिहरु विदेशबाट आएर बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेकाहरु भएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । 

स्वास्थ्य अवस्था सामान्य भएका उनिहरुलाई खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेशनमा लगिएको छ । असार ३ गते उनिहरुको स्वाब संकलन गरेर परिक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । 

मंगला गाउपालिका–१ कुहुँका ३५ र २० बर्षका पुरुष, सोही पालिकाको ३ र ४ मा पर्ने बरंजाका २६ र २३ वर्षका पुरुष, बेनी नगरपालिका– ४ सिंगाका १७ वर्षका पुरुष छन् । संक्रमित बेनी–४ ठेगाना भएकी महिला जेठ ३० गते कुवेतबाट आएर क्वारेन्टिनमा बसेकी थिइन् । 

हाल म्याग्दीमा संक्रमितको संख्या १४ जना पुगेको छ भने दुईजना निको भएर घर फर्किएका छन् । म्याग्दीबाट हालसम्म २७० वटा स्वास संकलन गरेर पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न पठाइएको छ । २३५ वटाको रिपोर्ट आएको छ भने ३५ वटाको आउन बाकी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.