दुर्गम यार्सामा पुग्यो यातायात

दुर्गम यार्सामा पुग्यो यातायात
सांकेतिक तस्बिर।

नुवाकोट : नुवाकोटको छिमेकी रसुवाको दुर्गम यार्सामा यातायात पुगेको छ। यसबाट सर्वसाधारणलाई निकै सुविधा पुगेको छ। रसुवा काठमाडौंबाट नजिक रहेको पर्यटकीय केन्द्र हो। यद्यपि, भौगोलिक विकटताले दुर्गम यार्साको विभिन्न स्थानमा मोटरबाटो पुगेपछि स्थानीयवासी निकै खुसी भएका छन्।

स्थानीय सिङ्वन्दी, गाङ्मरसमेतका स्थानमा सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत गर्न, बिरामीलाई अस्पताल लैजान, खाद्यान्न ढुवानी गर्न, गाउँठाउँबाट यात्रा गर्नसमेत सहज भएको छ। पाँच गापा रहेको रसुवाको लाङटाङबाहेक अन्य सबै गाउँमा यातायात सेवा पुगेको छ। 

कतिपय स्थानमा नियमित बससेवासमेत सञ्चालन भएको छ। नुवाकोट, काठमाडौंलगायत विभिन्न स्थानको यात्रामा जान गाउँबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। 

रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ। प्रत्येक गाउँ टोलमा मोटरबाटो पुर्‍याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण हाल रसुवाका गाउँगाउँमा बससेवा सञ्चालन हुन थालेको हो। स्थानीय सरकारले सडक मार्ग खोल्न गरिएको प्रयासअन्तर्गत हालसम्म ६४ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। मोटरबाटो खुलेसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज वजार पुर्‍याउन सहज भएको किसानहरूले बताए।

काठमाडौंको बालाजुदेखि नुवाकोट हँुदै रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मीडाँडा, धुन्चे, गतलाङ, स्याफ्रुबेंसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्धिमसमेतका स्थानमा नियमित बससेवा सञ्चालन भएको छ। अधिकांश सडक कच्ची र कतिपय खोलामा पुल बन्न बाँकी रहेका कारण बर्खायाममा  बससेवा सञ्चालन हुने समस्या छ।

यसै वर्षदेखि बृद्धिमदेखि–काठमाडौंसम्म नियमित बससेवा सञ्चालन भएको छ। हिमाली पदयात्रामा जाने पर्यटकलाई लाङटाङ जान र फर्कन सहज भएको पर्यटन व्यवसायीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.