आधारभूत तहको परीक्षा : सामुदायिक तर्फ पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो

आधारभूत तहको परीक्षा : सामुदायिक तर्फ पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो
सामुदायिक तर्फ दोस्रो भएको त्रिभुवन मावि बोराडाँडी।
सुन्नुहोस्

धनगढी : यसपाली धनगढी उपमहानगरपालिकाले आफ्नै निगरानीमा गरेको आधारभूत तहको परीक्षा र मूल्यांकनमा वडा नम्बर ५ मा रहेको पञ्चोदय मावि पहिलो र वडा नम्बर ३ मा रहेको त्रिभुवन मावि दोस्रो भएको छ। 

पञ्चोदय मावि हसनपुर धनगढीका राम्रो विद्यालय हो। यसपालीको नतिजामा यस विद्यालयमा सबैभन्दा बढी ५१ प्रतिशत विद्यार्थी पास भएका छन्। 

पञ्चोदयबाट २३५ जनाले आधारभूत तहको परीक्षा दिएकोमा १२१ जना विद्यार्थी पास भएका छन्। ‘पालिका भरमा यो नतिजा पहिलो हो’ धनगढी उपमहानगरपालिकाका विद्यालय निरीक्षक अकबर चन्दले भने।

यस्तै धनगढीको वडा नम्बर ३ मा रहेको त्रिभुवन मावि दोस्रो भएको छ। यस विद्यालयबाट ८२ जनाले आधारभूत तहको परीक्षा दिएकोमा २४ जना पास भएका छन। यो २९ प्रतिशत नतिजा हो। ‘नतिजामा चित्त त बुझेको छैन, तर पालिकाभरी हाम्रो विद्यालय दोस्रो स्थानमा आएको छ’ त्रिभुवन मावि बोराडाँडीका प्रधानाध्यापक सीताराम अवस्थीले भने। 

पञ्चोदय मावि र त्रिभुवन माविमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। सामुदायिक विद्यालय तर्फ वडा नम्बर १६ मा रहेको शिव मावि रामपुरको १३ प्रतिशत, वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय मावि कैलालीगाउँको १२ प्रतिशत र वडा नम्बर १४ मा रहेको पञ्चोदय मावि बी गाउँको १० प्रतिशत नतिजा आएको छ। यी विद्यालयहरू क्रमशः तेस्रो चौथो र पाँचौ भएका छन्। 

शिव मावि रामपुरमा २३ जनामा ३ जना (१३ प्रतिशत), जनता राष्ट्रिय माविमा ३४ जनामा ४ जना (१२ प्रतिशत) र पञ्चोदय मावि बिगाउँमा ३० जनाले परीक्षा दिएकोमा ३ जना (१० प्रतिशत) पास भएका छन्। 

पालिका भरी ४६ सामुदायिक विद्यालयले आधारभूत तहको परीक्षामा सहभागिता जनाएका थिए। यी बाहेकका कुनै पनि सामुदायिक विद्यालयले दोहोरो अंकको प्रतिशतमा नतिजा ल्याउन सकेका छैनन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.