रूपान्तरणका लागि योग
योगः कर्मस कौशलम् अर्थात् योगबाट मात्रै कर्ममा कशलता आउँछ। कर्म गरिन्छ तर योग छट्छ भने त्यहाँ कशलता हँदैन। यसको गहन अर्थ हो- योग भनेको होसपूर्ण हन हो। जे कर्म गरिन्छ त्यससँग जोडिन, त्यसप्रति होस कायम राख्न हो। योगविनाको काम बेहोसीको काम बन्न जान्छ। प्रत्येक वर्ष जन २१ लाई विश्व योग दिवसका रूपमा मानिन्छ। नेपाल त्यसै पनि योगभूमि हो। हिजोआज योग नसन्ने, योगको अभ्यास नगर्ने र योगबारेमा नजान्ने मानिस कमै भेटिन्छ, तर योगको वास्तविक मर्म के हो र जीवनमा शारीरिक व्यायामका रूपमा योग मात्र गर्ने होइन कि जीवनलाई नै योगमय कसरी बनाउने त्यो वास्तविकता र व्यावहारिकता बुझ्नेको भने कमी नै छ।
एक कदम फरक आयामले चलेर आफैंतिर, आफ्नो जीवनको स्रोततिर, स्वकेन्द्रतिर र योगको मार्गतिर फैलिन सिके रूपान्तरण आउने छ।
योग अंग्रेजीको योगा नभएर योग अर्थात् जोड हो, जसले सांसारिक जीवनलाई आध्यात्मिक यात्रासँग, सम्बन्धलाई प्रेमसँग, सफलतालाई अहोभावसँग र प्राप्तिलाई सन्तष्टिसँग यस्तै धेरै आयामलाई जोड्ने काम गर्छ। योग भएन भने वियोग हन्छ। वियोग अर्थात् दु:ख। हामीले प्रयोग गर्ने विजोग पनि यसकै मर्म हो। जब योग हन्न तब विजोग हन्छ। योग शारीरिक व्यायाम मात्र होइन, यो त एक शद्ध विज्ञान हो। योगी पतञ्जली यसका प्रणेता मानिन्छन्, जसले मानवताको इतिहासमा धर्मलाई विज्ञानका रूपमा व्यावहारिकता दिएर जीवनलाई धन्य बनाउने उपाय दिए। त्यो उपाय जसलाई कसैले भनेका भरमा मान्ने होइन कि प्रयोगात्मक रूपमा अपनाएर आफ्नो अनभूतिमा जान्ने कलाको विकास गराए। धर्म र मान्यतामा धारणालाई मान्ने करामा जोड दिइएको हन्छ भने योगले प्रयोग गरेर अनभवमा उतार्ने कला बताउँछ। ओशोले यसलाई तनावमक्त सफल जीवनको कला अनि जोर बा दि बद्धको आयामले बताए। जोरबा अर्थात् बाहिरको सम्पन्नता अन बद्धभित्रबाट शान्त, आनन्द र प्रसन्न। कर्म गर्दागर्दै बाहिरी सफलता पनि भित्रको शान्ति पनि कसरी कायम राख्ने त्यो योगको मर्म हो, जसमा ध्यानसँगै जोडिएर आउँछ। आजका व्यक्ति बाहिर सफल छन् तर भित्रबाट आनन्दित र शान्त छैनन्। व्यक्तिको जीवनशैली र बढ्दै गएको तनावग्रस्त व्यक्तिहरूको संख्या र समाजमा फैलिरहेको अराजकताले यसलाई पष्टि गर्छ। हाम्रो समाज, राष्ट्र, अन्तर्राष्ट्रिय स्तरमा र स्वयं घरमा आफ्ना मानिसलाई हामीले सोध्यौं भने सबैले जीवनलाई दःख भनेर परिभाषा गर्ने र जीवनमा अपूर्णता र अतृप्ति रहेको बताउने गर्छौं।
जीवनमा अझै पाउन पर्ने थप्रै करा बाँकी रहेको, जीवन अझै संघर्षमै गज्रिरहेको र अरूले जति आफूले सफलता हासिल नगरिसकेको गनासोले भरिएको पाइन्छ। मानिस बहिर्मखी मात्रै हने, पाएको सफलता र सन्दर जीवन, सन्दर परिवार, आफू र आफ्नो परिवारलाई जाउलो खान पग्ने नोकरी र कमाइ, मेहनतअनसारको शिक्षा, पद, गाडी, बंगला आदि जति पनि भौतिक सफलता छन्, त्यसप्रति चित्त नबझ्ने र जीवननै अभाव र अपूर्णतामा बितिरहेको अनभव सनाउनेको कमी हँदैन। हामी यति बहिर्मखी हनमा आनन्द र केही प्राप्त गरेजस्तो अनभव गर्छौं आफूभित्र हेर्ने र आफ्नो स्वभावलाई जान्ने कोसिस कहिल्यै गर्दैनौं। त्यही अन्तर्मखी हने कला नजान्दा नै जीवनलाई आकांक्षाको विशेषण दिन पुगेका छौं।
शान्ति, प्रीति, भक्ति, मक्ति, आनन्द, सख र उमंग हामीभित्र छ। यिनीहरू सबैको अभाव नै दःख, अशान्ति र गनासोको कारण हो। त्यसैले बहिर्मखी स्वभावको सामान्य मानिसले बाहिरी सम्पन्नता गमाउन चाहँदैन भने अन्तर्मखी, चेतना जागरण भएको मानिसले भित्रको सम्पन्नता गमाउन चाहँदैन। यही भित्री बोधको, भित्री ज्ञानको, भित्रको दृष्टिको, सही दृष्टिको ज्ञान हन महत्वपूर्ण पक्ष रहेछ, जन हरेक व्यक्तिले जन्मँदै साथमै लिएर आएको छ, जसलाई योग भनिन्छ। योगले जोड्ने र फैलाउने काम गर्छ। योग शरीरको अभ्यास मात्र होइन, मानसिक र आत्मिक रूपमा सख र आनन्द प्रदान गर्ने विधा हो। योग कनै विधि नभएर समग्र विधा हो। वनका सबै विधालाई सन्तलनमा राख्दै आनन्दमय जीवन जिउने कला योगले सिकाउँछ। जीवनमा आवश्यक प्रेम सम्बन्ध र जीवनशैली समग्रतामा हेर्ने कला योग हो। योगले क्षणिक होइन, दीर्घकालीन फाइदा पुर्याउँछ।
अष्टांग योगमा योगलाई आठ भागमा बाँडिएर हेरेको छ, जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि। नैतिकता, अहिंसा, सत्यताजस्ता गण कायम गर्न नै यम हो। आवश्यकताभन्दा बढी संग्रह नगर्न पनि यमभित्र पर्छ। शरीर र मनलाई शद्ध राख्न, आफ्ना सबै स्थिति र परिस्थितिमा सधैं सन्तष्ट रहन, आफैंमा अनशासित रहन, स्वाध्यायन, आत्मचिन्तन गर्न र ईश्वर (प्रणिधान-अस्तित्व) प्रति पूर्ण समर्पण, पूर्ण श्रद्धाभाव रहन नियमभित्र पर्दछन्।
आसानी अर्थात् सजिलोसँग बस्न। सजिलो तर स्थिर भएर बस्नलाई आसन भनिन्छ। जस्तो शरीरको आसन अर्थात् बसाइ भयो मन पनि त्यस्तै हन्छ। त्यसैले सखपूर्वकको आसनले मनलाई पनि सखी बनाउँछ। शरीरलाई शान्त, ढिला छाडिदिने र सखपूर्वकको आसनले भित्रै बाट शान्ति र आनन्दको अनभूति हन्छ। श्वास लिने तरिकाद्वारा प्राणको नियन्त्रण गर्ने कला नै प्राणायाम हो।
प्राणको अर्थ जीवात्मा मानिन्छ तर शरीरसँग यसको सम्बन्ध श्वाससँग रहन्छ, जसको मख्य स्थान हृदयमा रहन्छ। व्यक्ति जब जन्म लिन्छ तब गहिरो श्वास लिन्छ र जब मृत्यको समय आउँछ, विस्तारै श्वास छाडिदिन्छ। त्यसैले पनि प्रमाणित हन्छ कि मानिसको प्राण नै श्वास हो। त्यसैले कर्मको लयअनसार श्वास गहिरो, ढिलो लिने, कहिले मन्द स्वस्फूर्त यसको गतिलाई ध्यान दिँदै लिने र छाड्ने प्रक्रिया नै प्राणायाम हो। प्राणायाम गर्ने विभिन्न विधि र चरण छन् तर दिनमा ५-७ मिनेट स्वाँवाँ गरेर योग गर्न मात्र प्राणायाम होइन। जन्मदेखि मृत्यसम्म प्राणायाम चलिरहन्छ।
हाम्रा इन्द्रियहरूका आआफ्ना स्वभाव छन्। आँखाले देख्छ, कानले सन्छ ,नाकले सगन्ध लिन्छ, जिब्रोले स्वाद, छालाले स्पर्शको अनभूति गर्छ। आँखाले राम्रो देख्न चाहन्छ भन्ने भान पर्छ तर आँखा एउटा माध्यम मात्र हो देख्ने असलियतमा दृश्य त मनभित्र हन्छ। मनले चाहेपछि राम्रो-नराम्रो आँखाले रोज्न पाउँदैन। त्यसैले इन्द्रियहरूलाई वशमा राखी एकाग्र भएर चित्तदशाअनरूप चल्न प्रत्याहार हो। इन्द्रियलाई अन्तर्मखी बनाई यसमाथि विजय प्राप्त गर्ने कला जान्न नै प्रत्याहार हो।
एकाग्र चित्त बनाउन र आफ्नो मनलाई वशमा राख्न धारणा हो। सम्भाल्न, थाम्न र सहारा दिन पनि धारणाभित्र पर्छन्। हाम्रा मन, सोचाइ, चित्त दशालाई सम्हालेर एकाग्र चित्त बनाउने प्रयास धारणा हो तर हामीले धारणाको अर्थ नै नबझी अनेक धारणा बनाएर दःखी हने काम गरिरहेका हन्छौं। विचारका कोलाहलबाट वि श्रान्ति लिएर शद्ध र निर्मल मनको अनभूतिमा जान ध्यान हो।
आत्मासँग जोडिन, शब्दभन्दा पर परम चैतन्यको अनभूति समाधि हो। परम स्थिर, परम जागृत, ज्ञान र ज्ञाताका बीचमा भेद नरहेको अवस्था, कनै कराको प्रभाव छैन न त अभाव नै, न त दःख, न सख न गनासो भाव नै महसस हन्छ। यो स्थिति समाधिको स्थिति हो। आफूले गरेका हरेक कर्मप्रति होसपूर्ण रहन हो। ध्यानले हामीलाई हाम्रा सपना, हाम्रा आकांक्षा, हाम्रा चाहना र हाम्रा विचारप्रति होसपूर्ण रहन मद्दत गर्छ। समाधिले हामीलाई गहिरो होसमा पर्याउँछ, जहाँ आफ्नो प्रयासको जररत पर्दैन, त्यो गहिरो साक्षी भावमा पर्याउँछ, जहाँ साक्षीको पनि जररत पर्दैन। यतिबेला नै आफू, हन र परमतत्वको बोध हन्छ, त्यही नै परमात्माको अनभूति हो। जसरी वि श्रामबाट श्रम गर्ने शक्ति, ऊर्जा एवं सामथ्र्य प्राप्त हन्छ, त्यसैगरी योगको अभ्यासले स्वकेन्द्रमा फर्किएरै संसारमा फैलिने रहस्य प्राप्त हन्छ। आफैंभित्र छिपेको सारा शान्ति, आनन्द, स्वास्थ्य एवं सफलताको राजयोगको माध्यमबाट प्रस्फटित हन्छ। संसारतिर फैलिने प्रयोग र प्रयास त मानिसले जीवनभर गर्दै आएका हन्छन्। अब एक कदम फरक आयामले चलेर आफैंतिर, आफ्नो जीवनको स्रोततिर, स्वकेन्द्रतिर र योगको मार्गतिर फैलिन सिके रूपान्तरण आउँथ्यो होला।