सुदूरपश्चिममा थप ११८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६ सय नाघ्यो

सुदूरपश्चिममा थप ११८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६ सय नाघ्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरी बिहीबार एक सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये कैलालीका दुई जना, कञ्चनपुरका ५९, बझाङका १६, बाजुराका चार, डडेलधुरामा १२ जना, बैतडीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका नमुनामा बझाङका दुई, कैलाली, बैतडी र दार्चुलाका एक-एक जनामा कोरोनाको संक्रमण पाइएको हो । यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाजुराका चार जना, बैतडी र कचनपुरका एक-एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएका परीक्षणमा भने कोरोना संक्रमण पाइएन । धनगढीस्थित प्रयोगशालाले २ सय ५० थ्रोट स्वावको नमूना परीक्षण गरेको थियो ।

सुदूरपश्चिममा अब एक  हजार छ सय ५० जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । जसमा कैलालीमा पाँच सय १७ जना, कंचनपुरमा दुई सय ६२, डडेलधुरामा दुई सय १८, डोटीमा एक सय ९०, अछाममा एक सय पाँच, बाजुरामा एक सय ७, बैतडीमा एक सय ७९, बझाङमा ५८ र दार्चुलामा १४ जना कोरोना संक्रमित रहेका छन्र ।

प्रदेशमा कोरोना पुष्टि भएका मध्ये पाँच जनाको मृत्यु भइसकेको छ । जसमा ४ जनाको मृत्युपश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.