डोटीका सबै स्थानीय तहमा कोरोना संक्रमित
डोटी : डोटीका सबै स्थानीय तहहरुमा कोरोना संक्रमित देखिएका छन्। जिल्लामा शुक्रबार देखिएका ६६ जना कोरोना संक्रमितसँगै नौ वटै स्थानीय तहमा कोरोना भाइरस देखिएको हो।
बोगटान फुड्सील गाउँपालिका बाहेक अन्य सबै पालिकाहरुमा यस अघिनै संक्रमित व्यक्तिहरु देखिएका थिए। थप देखिएका ६६ जनासहित डोटीमा जम्मा दुई सय ५५ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार मात्रै छ वटा स्थानीय तहहरुमा कोरोना संक्रमित देखिएका छन्।
नयाँ संक्रमितहरुमा बोगटान फुड्सील गाउँपालिकाको वडा नम्बर १, २ र ३ का ८ जना पुरुष तथा वडा नम्बर ३ का ४ जना महिला गरी जम्मा १२ जनामा कोरोना पुष्टि भएको छ। यस गाउँपालिकामा पहिलो पटक कोरोना देखिएको हो। शिखर नगरपालिकाको वडा नम्बर ३ र ६ का ८ जना महिला तथा वडा नम्बर ६ का ८ जना पुरुष गरी जम्मा १६ जनामा कोरोना देखिएको छ।
त्यसैगरी पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ५ र ७ का १४ जना पुरुष तथा सोहि वडामा ५ जना महिला गरी जम्मा १९ जनामा कोरोना पुष्टि भएको छ। दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर १ का ७ जना महिला तथा १ जना पुरुष गरी जम्मा ८ जनामा कोरोना देखिएको छ। सायल गाउँपालिकाको वडा नम्बर ६ का ३ जना पुरुष तथा २ जना महिला गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको छ भने बडीकेदार गाउँपालिकाको वडा नम्बर ३ र ४ का ५ जना पुरुष तथा वडा नम्बर ३ का १ जना महिला गरी ६ जनामा कोरोना देखिएको छ।
डोटीका सबै स्थानीय तहहरुमा देखिएका कोरोना संक्रमितहरुको बिवरण :
दिपायल सिलगढी नगरपालिका : ४१ जना
शिखर नगरपालिका : ६२ जना
पूर्बीचौकी गाउँपालिका : ६२ जना
आदर्श गाउँपालिका : ३७ जना
सायल गाउँपालिका : १५ जना
जोरायल गाउँपालिका : १४ जना
बोगटान फुड्सील गाउँपालिका : १२ जना
बडीकेदार गाउँपालिका : १० जना
केआईसिंह गाउँपालिका : २ जना
जम्मा : २५५ जना
डोटीका स्थानीय तहहरु मध्य हालसम्म सबैभन्दा बढी शिखर नगरपालिका र पूर्बीचौकी गाउँपालिकामा समान ६२/६२ जना कोरोना संक्रमित रहेका छन् भने सबैभन्दा कम केआईसिंह गाउँपालिकामा २ जनामा मात्रै कोरोना पुष्टि भएको छ।
डिस्चार्ज ९२ जना
डोटीमा कोरोना संक्रमित व्यक्तिहरु डिस्चार्ज भई घर जानेहरु ९२ जना पुगेका जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। बाँकी संक्रमितहरु आ–आफ्ना पालिकाले बनाएका आईसोलेसन वार्डमा रहेका र एक जना जिल्ला अस्पतालको आईसोलेसनमा रहेका जिल्ला स्वास्थ्य कार्यालयका दिपेन्द्रराज मिश्रले बताए। सैक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !