सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि : संक्रमित संख्या २१ सय नाघ्यो

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि : संक्रमित संख्या २१ सय नाघ्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा शनिबार थप २ सय २८ जनामा कोरोना पुष्टि भएको छ । मुलुकका विभिन्न स्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा एकै दिन २ सय २८ जनामा कोरोना पुष्टि भएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा प्रदेशमा कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शनिबार बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८-८ र  कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको छ ।

शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने वीर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ । सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ । 

यस्तै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए । डोटीका सात जनाको स्थानीय तह खुलेको छैन भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ । ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ६ जनाको मृत्यु भइसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.