डोटीमा दोस्रो चरणमा कोरोना संक्रमण

डोटीमा दोस्रो चरणमा कोरोना संक्रमण

डोटी : डोटीमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको पाइएको छ । भारतबाट आएका चार जना संक्रमितका श्रीमतीमा कोरोना पुष्टि भएसँगै दोस्रो चरणमा गएको पाइएको हो ।

शिखर नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष र वडा नम्बर ६ का १ जना पुरुषमा यसअघि नै कोरोना देखिएको थियो । शुक्रबार आएको रिपोर्ट अनुसार उनीहरुका श्रीमतीहरुमा समेत देखिएको हो । वडा नम्बर ३ का बर्ष २५, ३३ र ३१ का तीन जना महिला तथा वडा नम्बर ६ का ३० वर्षीय महिलामा कोरोना देखिएको हो । उनीहरु भारतबाट नआएर गाउँमै बसेका महिला हुन् ।

संक्रमित तीन जना महिलाका श्रीमान यसअघि गत जेठ १२ गते भारतबाट आएर वडा नम्बर ३ को क्वारेन्टाइनमा बसेका थिए । डोटीका पहिलो संक्रमित व्यक्तिसमेत सोही वडाका हुन् । उनी जेठ १९ गते कोरोना संक्रमित देखिएका थिए । उनमा कोरोना पुष्टि भएपछि कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा संगै बसेका १५ जनालाईसमेत जेठ २० गते नै परीक्षण गरिएको थियो । जेठ ३२ गते आएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना देखियो । ती कोरोना देखिएका १५ जना मध्यकै तीन जनाका श्रीमतीमा शुक्रबार कोरोना देखिएको छ ।

संक्रमित १५ जना रिपोर्ट नआउँदै दुई दिन अगाडिनै घर गइसकेका थिए । घर गएको दुई दिनपछि मात्रै रिपोर्ट आएकाले उनीमार्फत घर परिवारलाईसमेत कोरोना सरेको हुनसक्ने भन्दै फेरी कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा १५ जनाका घरपरिवारका नजिकका अरु १५ जनाको परिक्षण गरिएको थियो । पछिल्लो कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा परीक्षण गरिएका १५ जनामध्ये पाँच जनाको नेगेटिभ रिपोर्ट आए पनि तीन जना महिलामा भने पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । तीमध्येकै सात जनाको रिपोर्ट आउन बाँकी नै रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना परीक्षण भई पुष्टि भएको १० दिनसम्म कुनै लक्षण नदेखिएमा दोस्रो व्यक्तिमा सार्न नसक्ने भनेको भए पनि ती १५ जना संक्रमित व्यक्तिहरु परीक्षण भएको १० दिनपछि मात्रै घर फर्किएका थिए । ‘क्वारेन्टाइनबाट घर फर्किएपछि उनीहरुबाट नसरेर पहिले नै उनीहरुको श्रीमतीमा सरेको हुन सक्छ’, स्वास्थ्य प्रमुख मलासीले भने, ‘क्वारेन्टाइनमा छँदै ती महिलाहरु पटक-पटक भेट्न जाने र भेट्न जाँदा विभिन्न किसिमका खाने कुराहरु लैजाने, खाएको भाँडाहरु घरमै ल्याउने तथा पैसासमेत ल्याउने गरेको बुझिएको छ ।’
अब ती महिलाहरुका परिवारका सबै सदस्यहरुको पीसीआर गरिने उनले बताए । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

थप ६१ जनामा कोरोना पुष्टि

डोटीमा शनिबार मात्रै नयाँ कोरोना संक्रमितको संख्या ६१ रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं, वीर अस्पतालको प्रयोगशाला तथा सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परीक्षणमा ६१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या जम्मा तीन सय १६ रहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १५ महिला र ३१ पुरुष गरी ४६ जना, वीर अस्पतालको प्रयोगशालामा २ जना पुरुष स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ्गमा जनाइएको छ भने सेती प्रादेशिक प्रयोगशालामा ९ महिला र ४ पुरुष गरी १३ जना कोरोना संक्रमण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सेती प्रयोगशालामा संक्रमण देखिएकामा शिखर नगरपालिकाका ६ जना महिला तथा अन्य स्थानका ७ जना पुरुष गरी १३ जना छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.