सुदूरपश्चिममा एक किलो सलह ल्याए २५ रुपैँया दिइने

सुदूरपश्चिममा एक किलो सलह ल्याए २५ रुपैँया दिइने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह ल्याए २५ रूपैयाँ नगद दिने निर्णय गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

शनिबार मात्र सलह नेपालमा भित्रिएको थियो । धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अहिले सुदूरपश्चिम प्रदेशमा सलह नभित्रिए पनि  पूर्वी तराईमा भित्रिसकेकोले यता पनि आउने सम्भावना छ । किसानले सर्तक रहन पर्ने छ ।’ 

सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको निर्देशक जोशीले बताए । सलह माछाको आहारका रुपमा प्रयोग गर्न सक्ने उनले बताए ।

सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने उनले जानकारी दिए । मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाईं नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’, जोशीले भने ।

शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्न सक्ने कृषि विज्ञले बताएका छन् । सलह किरा देखिएमा नियन्त्रणका लागि स्थानीय सरकारले पनि सक्रिय रहन आवश्यक रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.