नक्‍कली ब्लुबुक बनाइ चोरीका मोटरसाइकल किनबेचमा यातायातका कर्मचारी नै संलग्न

नक्‍कली ब्लुबुक बनाइ चोरीका मोटरसाइकल किनबेचमा यातायातका कर्मचारी नै संलग्न

महेन्द्रनगर : नक्‍कली कागजात बनाएर चोरीका मोटरसाइकल किनबेचमा संलग्न १२ जनाको गिरोह कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलनमा  उक्त गिरोह सार्वजनिक गरेको हो । सो गिरोहमा यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईको समेत संलग्नता रहेको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

'मोटरसाइकल चोरी गरेर नक्‍कली ब्लुबुकलगायतका कागजात बनाएर किनबेच गर्ने गिरोह पक्राउ गर्न सफल भएका छौं, प्रहरी उपरीक्षक मरासिनीले भने, 'उक्त गिरोहमा यातायातका कर्मचारी समेत नक्‍कली ब्लुबुक बनाउने काममा संलग्न रहेको पाइयो ।'

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको संयुक्त अप्रेसनबाट १२ जनासहित आठ थान मोटरसाइकल बरामद गरेको छ। पक्राउ पर्नेमा यातायातका अपरेटर राना, सहायक भट्टराई, कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका-६ का ३५ का राजकुमार राना, २५ वर्षीय हरेन्द्र राना, ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका-१ का ४२ वर्षीय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका-१२ का २७ का श्याम राना, बेदकाट नगरपालिका-६ का २८ वर्षीय राम राना लाल राना, बेदकोट नगरपालिका-५ का १८ वर्षीय प्रदिप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउउँपालिका-४ का रामदयाल राना रहेका छन् ।

पक्राउ परेकाबाट यातायात व्यवस्था कार्यालय धनगढीका ब्लुबुक र सोही अनुसार सेतीकै नम्बर प्लेट हालेका मोटरसाइकल बरामद गरिएको छ ।  उनीहरुलाई सरकारी कागजात किर्ते र चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.