जाजरकोटमा ७० प्रतिशत रोपाइँ सकियो

जाजरकोटमा ७० प्रतिशत रोपाइँ सकियो

जाजरकोट : जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्षको अनुकुल मौसमले समयमै रोपाइँ भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत वर्ष यही अवधीमा ४० प्रतिशत मात्र रोपाइँ भएको थियो । जाजरकोटमा तीन हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ ।

खेतीयोग्य जमिनमध्ये दुई हजार ६ सय ३४ हेक्टर अर्थात ७० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।  जिल्लाका कुदु, फेरा, मटेला, कालेगाँउ, होलुजिउला, दल्ली, मनघाट लगायतका स्थानमा धान खेती गर्ने गरिन्छ । जिल्लामा करीव ८ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । कुल खेती योग्य २५ हजार तीन सय ८० हेक्टर मध्य तीन हजार सात सय ६३ मेट्रिक टन क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ । धेरैजसो किसानले रोपाई गरिसकेका छन् । बाँकी किसानले पनि यो महिनाको अन्त सम्म रोपाई गरेर सिध्याउने कृषि विकास कार्यालयको अनुमान छ ।

कार्यालय प्रमुख अधिकारीले भने खहरे खोला र मुल फुटेपछि रोपाई गर्न बाँकी जमिनमा मात्र रोपाई गर्न बाँकी छ । सिंचाई सुविधा भएका धेरैजसो ठाँउमा रोपाई भैसकेको छ । पहाडी भूभाग भएकोले समयमा धान रोप्दा उत्पादनमा वृद्धि हुने उनको भनाइ छ । 

रासायनिक मलको सट्टा गोठेमल

देशभर रासायनिक मलको अभाव छ । जताततै मलको हाहाकार भएको बेला जाजरकोटमा भने मल अभावले छुन सकेको छैन । यो समयमा धान र मकै खेती गर्ने गरिन्छ । तर धान तथा मकै दुवै बालीमा जाजरकोटका किसानले गोठेमल प्रयोग गर्ने गरेको पाइएको छ । जाजरकोटका किसानले धान खेतीमा रासायनिक मल प्रयोग नगर्ने भएकोले पनि समयमै रोपाइँ भएको हो ।
 
यहाँका किसानले गोठेमल प्रयोग गरेरै मकै र धान रोप्छन् । धेरै किसानले रासायनिक मलको प्रयोग विनै मकै र धान उत्पादन गर्छन भेरी नगरपालिका १ का किसान दलबहादुर खत्रीले भने, 'देशभर मलको हाहाकार छ । तर जाजरकोटमा मल नहुँदा पनि कुनै असर छैन । मल नै प्रयोग नगर्ने भएपछि किन चाहियो र ?'

कृषि विकास कार्यालयमा पनि मलको खोजीमा किसान नआएको कृषि प्राविधिक टोपेन्द्र विश्वकर्माले बताए । हिउँदे बाली गहुँ र तरकारी खेतीमा केही किसानले रसायनिक मल प्रयोग गर्ने गरेपनि मकै र धानमा खासै प्रयोग नगर्ने उनले बताए ।

 गोठे मल र खहरे खोलामा आएको पाँगो माटोले नै धानको राम्रो उत्पादन हुने भएकोले रासायनिक मल प्रयोग गर्नु नपर्ने उनको भनाई छ । जिल्लाको करिब १५ हजार हेक्टर जमिनमा मकै खेती र करीव चार हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.