भारत र पाकिस्तानका जेलमा रहेका नागरिक रिहा

भारत र पाकिस्तानका जेलमा रहेका नागरिक रिहा

भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन्। दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछा मार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले बुधबार जानकारी दिएको हो।

सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए। सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो। त्यस सम्झौता बमोजिम नै आज पनि दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो।

बुधबार दिइएको त्यस जानकारीअनुसार रिहा गरिएकामा भारतको जेलमा रहेका २६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछा मार्ने मछुवा नागरिक रहेका छन्। उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ।

त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ। उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरुले एकै पटक छुटाएका थिए। बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.